विश्व वैंकले अनुदान उपलब्ध गरेको आर्थिक सहयोग लक्षित वर्गमा पुग्न नसकेको गुनासो

Read Time:4 Minute, 2 Second

दीपा आले
नेपालगन्ज कार्तिक २७ गते, विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिका केन्द्रिय अध्यक्ष एवं समाजशास्त्रीय डा. गणेशमान गुरुङले आर्थिक रुपमै विपन्न तथा पिछडिएका, जेहेन्दार वा दुर्गम क्षेत्रका विद्यार्थीलाई उच्च माध्यामिक शिक्षा हासिलका लागि विश्व वैंकले अनुदान उपलब्ध गरेको आर्थिक सहयोग लक्षित वर्गमा पुग्न नसकेको गुनासो गरे । सोमबार नेपालगन्जमा भएको विद्यार्थी वित्तीय सहयोग कार्यक्रम तथा राष्ट्रिय जीवनस्तर सर्भेक्षण सन् २००३ २००४ (पि.एम.टी.) पद्धती सम्बन्धमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन ।
अध्यक्ष गुरुङले सम्बोधन गर्दै नेपालमा दातृ संस्थाले दिएको सुविधा आए पनि त्यो सुविधा लिने काम टाठा बाटाले मात्र गरेको बताउदै सम्बन्धीत लक्षित वर्गमा सुचना नपुग्नु मुख्य कारण भएको बताए । पूर्व सभासद मोहमद्धी सिद्धिकीले नेपालमा रहेका गरिब विद्यार्थीको उच्च शिक्षा हासिल गर्न सरकारको सहयोगमा विश्व बैंकले गरेको आर्थिक सहयोग दलित,जनजाति, मुस्लिम, मधेशी समुदायमा पुग्न नसक्दा उनीहरु झनै पछाडि परेको धारणा राखे । त्यसैगरी कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष सुनिल कुमार शर्माले नेपाल सरकार द्धारा आयोजित गरिब विद्यार्थीकालागि गरिने छात्रवृद्धि सहयोगको बारेमा जनमानसमा पुग्न नसक्नु प्रचारप्रसारको कमिले भएको बताए । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिका निर्देशक प्रकाश घिमिरेले आर्थिक रुपमै पछाडी परेका गरिब जेहेन्दार विद्यार्थीले उच्च शिक्षा हासिल गर्न विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिमा आबेदन भर्नु पर्ने बताए ।
 उनले निश्चित समय भित्रै गरिब विद्यार्थीले उच्च शिक्षा हासिल गर्नकोलागि छात्रवृद्धि प्राप्त गर्न समयमै आवेदन गर्दा नागरिताको प्रतिलिपि, कबुलियतनामा पत्र र बाणिज्य बैंकमा खाता खोल्नु पर्ने बताए ।
 हाल सम्म विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिमा ११ हजार गरिब विद्यार्थीले आबेदन भर्ने मध्ये ७ हजार विद्यार्थीलाई उच्च शिक्षा हालिस गर्न अनुदान दिईने छ । उच्च माध्यामिक तहमा अध्ययन गर्न दुई किस्ता गरी १६हजार दिईने छ भने स्नातक तहमा अध्ययन गर्नकोलागि ३ किस्ता गरेर ४० हजार रकम अनुदान सहयोग गरिनेछ ।
 विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिमा गरिब तथा लक्षित वर्गका जेहेन्दार विद्यार्थीले समयमै आवेदन भरी छनोट नतिजा समितिको बेबसाइट हेर्नु पर्ने समितिका केन्द्रीय सदस्य लोकविक्रम थापाले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %