चौथो विश्व निमोनिया दिवस–२०१२ मनाइयो

Read Time:2 Minute, 30 Second

गोविन्द घर्ति देवदह

जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा चौथो विश्व निमोनिया दिवस–२०१२ को अवसरमा अन्तर मावि स्तरीय वक्तृत्वकला रुपन्देहीको देवदहमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै जिल्ला जनस्वानस्थ्य कार्यालय रुपन्देहीका प्रमुख महेश्वर श्रेष्ठले निमोनिया रोगको उपचार गर्नु भन्दा पहिचान गर्ने काम महत्वपुर्ण भएको बताउनु भयो ।  नेपालमा वार्षिक ५ हजार ६ सय बालवालिकाको मृत्यु निमोनियाका कारणले हुने भएकोले वाल मृत्यु दर रोक्नको लागि निमोनिया रोग नियन्त्रण गर्नु पर्नेमा जोड दिनु भयो । देवदह गाविसका सचिव ववु्रवहान सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धपव्लिक ईङ्गलिस बोडिङ्ग स्कुलका विवेक पाण्डे प्रथम, देवदह उच्च माविका मनिषा न्यौपाने दृतिय र केरवानी उच्च माविका सुरेश गिरी तृतिय भएका छन् । वक्तृत्वकला प्रतियोगितामा देवदह क्षेत्रका ६ वटा  विद्यालयहरुको सहभागिता रहेको थियो । कार्यक्रममा केरवानी स्वास्थ्य चौकीका प्रमुख ईश्वरी ढुगाना, देवदह आर्दश बहुमुखी क्याम्पसका प्रमुख मित्रलाल न्यौपाने, जिल्ला जनस्वास्थ्य कार्यालयका बिन्वी सागर शाक्य लगायतले बोल्दै निमोनिया रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु बुद्धिमानी हुने बताउनु भयो । देवदह उपस्वास्थ्य चौकी खैरेनी देखि देवदह गाविसको सभाहल शितलनगर सम्म पञ्चेवाजा गाजा सहित रयालीको आयोजना गरिएको थियो । रयालीमा देवदह क्षेत्रका विभिन्न संघसंस्थाहरुको सभागिता रहेको थियो । देवदह उपस्वास्थ्य चौकीका प्रमुख जयकिशन अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %