सरकारले एक्लौटी ढंगबाट बजेट ल्याएर वर्तमान सरकारलाई निरन्तरता दिन माओवादी लागेको भन्दै विपक्षी दलहरु सरकार विरुद्ध सडक आन्दोलनमा उत्रेका हुन् ।
सरकार विरुद्ध नेपाली कांग्रेस, एमाले लगायत विपक्षी दलहरुले एक महिने लामो आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । नयाँ निर्वाचनको वातावरण गराउन र बाबुराम नेतृत्वको सरकारलाई सत्ताबाट बहिर्गमन गराइ राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि दबाव दिने उदेश्यले आन्दोलनका कार्यक्रम घोषणा गरिएको नेताहरुले बताएका छन् । धर्ना छलफल, र देशका प्रमुख स्थानमा आमसभा गरि सरकार विरुद्धको आन्दोलन सकिने छ । आन्दोलन अगामी मंसिर २९ सम्म सकिने छ । आमजनतालाई प्रत्यक्ष असर नपर्ने गरि शान्ति पूर्वक गरिने आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको नेताहरुले बताएका छन् । यता विपक्षी दलहरुले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रम केवल सत्ता प्राप्तिका लागि मात्रै रहेको टिपप्णी माओवादी प्रवक्ता अग्नि सापकोटाले गरेका छन् ।
–राज्यसत्ता नेपाल व्युरो
