कल्याण शेरचन स्मृति प्रतिष्ठानको भेटघाट कार्यक्रम

Read Time:3 Minute, 26 Second

हुम तमु,

पोखरा, २४ कात्तिक, कल्याण शेरचन स्मृति प्रतिष्ठानले आज पोखरामा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
२०६९ साल असार ११ गते जिल्ला प्रसासन कार्यालयमा विधिवत दर्ता भएको प्रतिष्ठानले एक कार्यक्रम आयोजना गरी संरक्षक, सल्लाहकार, कार्यसमिति र प्रतिष्ठानका सदस्यहरु विच भेटघाट सम्पन्न गरेको हो ।
कार्यक्रममा संस्थाका सल्लाहकारहरु अशोक पालिखे, दीपेन्द्र श्रेष्ठ, खेम गुरुङ, बसन्त थकाली, विमल शेरचन, विश्वमोहन गौचन, लोकबहादुर गुरुङ, शिवकुमार रञ्जित र पत्रकार हुमबहादुर तमुलाई प्रतिष्ठानका प्रमुख संरक्षक सर्मिला शेरचन, संरक्षक नरबहादुर शेरचन र अध्यक्ष क्याप्टेन पुर्णबहादुर ह्योल्मोले खादा लगाएर सम्मान गर्नुभएको थियो । यसैगरी प्रतिष्ठानको सल्लाहकारहरुमा बुद्धिमान गुरुङ धम्पु, पुर्ण नेपाली, नारायण रायमाझी, नारायण शर्मा, सुवर्ण बज्राचार्य, प्रेम तुलाचन, तिलक शेरचन, शिवशंकर रञ्जित, झलक थापा, क्षत्र गुरुङ र थकाली सेवा समिति नदिपुरका अध्यक्ष रहनु भएको प्रतिष्ठानका सचिव ज्ञानबहादुर थापाले जानकारी दिए ।
कार्यक्रममा अस्वस्थ हुनु भएका सल्लाहकारहरु शिवशंकर रञ्जित, दुर्घटनामा पर्नु भएका विमल शेरचन र अशोक पालिखेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका सचिव ज्ञानबहादुर थापाले प्रतिष्ठानको गतिविधीको जानकारी दिनुहुदै स्वर्गीय कल्याण शेरचनको संस्मरण स्मारिका प्रकाशन गर्ने, गीति संग्रह तथा म्युजिक भिडियो माघ सम्म तयार गर्ने, शेरचनको स्मृतिमा पश्चिमाञ्चल झ्याउरे प्रतियोगिता गर्ने योजना रहेको बताए ।
कार्यक्रममा सल्लाहकार अशोक पालिखेले प्रतिष्ठानले छोटो समयमा राम्रो काम गरेको भन्नुहुदै स्वर्गीय शेरचनको स्मृतिमा निर्माण गर्ने सिडी, स्मारिका प्रकाशन र झ्याउरे प्रतियोगितामा सहयोग रहने बताए ।
संरक्षक नरबहादुर शेरचनले स्वर्गीय शेरचनको योगदानको संस्मरण गर्नु लोक सँस्कृतिको संरक्षण प्रतिको चिन्ता हो भन्नु हुदै प्रतिष्ठानका हितका निम्ती आफ्नो सक्दो सहयोग हुने बताए ।
प्रतिष्ठानका अध्यक्ष क्याप्टेन पुर्णबहादुर ह्योल्मोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मेनकाजी गुरुङले मन्तव्य व्यक्त गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %