नेपाली कांग्रेसले आफ्ना सर्बोच्च नेता गणेशमान सिंहको ९७ औं जन्मजयन्तीको अवसर पारेर राजधानीमा वर्तमान सरकारको बहिर्गनको लागि दबाव दिदै सडक आन्दोलन सुरु गरेको छ । माओवादी सर्वसत्तावादी शैलीमा हिडेको र उसले आफूलाई परिर्वतन गर्न नसके विगतमा राणा राजाको जस्तै हविगत हुने कांग्रेस नेताहरुले चेतावनी दिएका छन् । खुल्ला मञ्चबाट सुरु भएको कांग्रेसको ¥याली बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्वोधन गदै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले माओवादीलाई चुनावी प्रस्तिपर्धामा आउन चुनौति समेत दिए । प्रजातन्त्र र कानुनी शासन विरुद्ध खेलवाड नगर्न पनि उनले माओवादीलाई चेतावनी दिए । लोकतन्त्रको सधै जित भएको उल्लेख गदै त्यस विरुद्ध हिड्न खोजे माओवादी विलाएर जाने उनले दावी गरे । राजनीतिक निकासका लागि तत्काल सत्ता छोड्न पनि उनले माओवादीलाई आग्रह गरे । लोकतन्त्र माथि माओवादीले ‘कु’ गर्न खोजेको उल्लेख गदै उनले नेपाली कांग्रेसले माओवादीको योजना पूरा हुन नदिने बताए । सभामा कांग्रेस नेता शेरबहादुर देउवा, प्रकासमान सिंह, रामचन्द्र पौड्याल लगायत आधा दर्जन नेताहरुले सम्वोधन गरेका थिए । यता प्रतिपक्ष दलहरुले सरकार विरुद्ध साझा आन्दोलनको कार्यक्रम २५ कार्तिकमा तय गदै छन् । बजेट जारी गर्ने मिति नजिकिदै जाँदा सरकारले बजेटका लागि राजनीतिक माहोल बनाउन जुटेको छ, तर प्रतिपक्ष दलहरु भने वर्तमान सरकारको बहिर्गमनका लागि दबाव दिन सडक आन्दोलनमा उत्रिएका छन् । सहमति कायम गरेर बजेट ल्याउनु पर्ने वाध्यता भए पनि राजनीतिक सहमति जुट्ने संकेत नदेखिए पछि सरकारले सहमति वेगर नै बजेट ल्याउने संभावना बढेर गएको छ । सहमतिबाट माओवादी नेतृत्वको सरकार हट्ने कुनै संकेत नपाए पछि प्रतिपक्ष दलहरु लागि सरकार विरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।
राज्यसत्ता नेपाल व्युरो
