बजेट अस्वीकृत गर्न विपक्षी दलहरुले राष्ट्रपतिलाई लिखित आग्रह गर्ने

Read Time:2 Minute, 41 Second

सरकारले ल्याउन लागेको बजेट अस्वीकृत गर्न राष्ट्रपतिलाई कांग्रेस र एमालेले  लिखित आग्रह गर्ने भएका छन् ।

बर्तमान सरकार असंवैधानिक रहेको भन्दै प्रतिपक्ष दलहरुको सहमति वेगर ल्याउने बजेट सरकारको दबावमा परेर स्वीकृत गर्न कांग्रेस एमाले लगायत १९ दलले संयुक्त रुपमा राष्ट्रपति समक्ष लिखित आग्रह गर्ने निर्णय गरेका हुन् ।  नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको १९ दलको वैठकले वर्तमान सरकार एकलौटी ढंगले चलेको ठहर गदै राष्ट्रपतिलाई बजेट अस्वीकृत गरिदिन ज्ञापन पत्र बुझाउने निर्णय गरेको हो । संविधान र कानुन बमोजिम सहमति गरेर बजेट ल्याउनका लागि सरकारलाई निर्देशन दिन राष्ट्रपतिलाई लिखित आग्रह गर्ने निर्णय भएको वैठक पछि ने
पाली कांग्रेसका प्रवक्ता ढिलेन्द्र बडुले बताए । वैद्य नेतृत्वको माओवादीले भने राष्ट्रपति समक्ष बजेट अस्वीकृत गर्र्न गरिएको ज्ञापनपत्रमा सहमति जनाएको छैन । माओवादी सचिव देव गुरुङले राष्ट्रपतिलाई बजेट स्वीकृत गर वा नगर भन्ने आधार विपक्षी दललाई नभएकाले आफ्नो दल त्यसमा असमहति जनाएको प्रतिक्रया दिए ।

यता वर्तमानमा सहमागि हुन माओवादीले गरेको प्रस्ताव कांग्रेसले अस्वीकार गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकारमै सहभागि भएर सहमति कायम गरि गतिरोधको गाँठो फुकाउन कांग्रेस समक्ष बिहीबार विहान आग्रह गरेका थिए । कांग्रेस सभापति सुशील कोइरालाले वर्तमान सरकारमै सामेल हुने प्रस्ताव आफूहरुलाई मान्य नहुने भन्दै उक्त प्रस्ताव अस्वीकार गरेको कांग्रेस नेता रामचन्द्र पौड्यालले बताए  । दाहाल निवासमा अध्यक्ष दाहाल र सभापति कोइरालाबीच भेटघाटको क्रममा दाहालले यस्तो प्रस्ताव राखेको नेपाली कांग्रेसले जनाएको छ ।

–राज्यसत्ता नेपाल व्युरो

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %