नेपालमा समलिङगी विवाहले वैधानिकता पायो

Read Time:1 Minute, 37 Second

सर्बोच्च अदालतले उमेर पुगेका व्यक्ति आफू खुसी स्वतन्त्रतापूर्वक बस्न पाउने फैसला गरेको छ । पारिवारिक दवाबमा माइती नेपाल र महिला आयोगले आफ्नो साथी रजनी शाहीलाई बन्दी बनाएको दाबी सहित काभ्रेकी समलिङी महिला प्रेमकुमारी नेपालीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्बोच्च अदालतले यस्तो फैसला सुनाएको हो । सर्बोच्च अदालतले इच्छा अनुरुप समलिङी महिला संगै बस्न पाउने आशयको फैसला सुनाएको हो । बन्दी बनाइएकी शाहीलाई तत्काल रिहा गर्न पनि सर्बोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश कल्याण श्रेष्ठ र गिरिस चन्द्र लालको संयुक्त इजलासले कुनै पनि उमेर पुगेका व्यक्तिले आफ्नो इच्छा अनुरुप स्वतन्त्रतापूर्वक बस्न पाउने निर्णय गरेको हो । सर्बोच्चको फैसला पछि समलिङगी महिला नेपालीले आफ्नो साथी शाहीसंगै जीवन विताउन पाउने भएकी छन् । दश बर्ष पहिले एक पुरुषसंग बैवाहिक सम्वन्ध कायम गरेकी नेपालीले श्रीमान्संग सम्बन्ध विच्छेद गरि दुई बर्षयता नेपालीसंगै बस्दै आएकी थिइन् ।
–राज्यसत्ता नेपाल व्युरो

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %