हुम तमु, पोखरा, १८ कात्तिक
पोखरा १० रामघाटस्थित बौद्ध अर्घौ सदनको आज सम्पन्न ३५ औं वार्षिक साधारणसभाले क्याप्टेन भुवनसिंह तमुको अध्यक्षतामा ११ सदस्यीय सर्वसम्मत कार्यसमिति गठन गरेको छ । आगामी दुई वर्षे कार्यकालका लागि सचिवमा मोती प्रसाद तमु र सदस्यहरुमा क्याप्टेन चन्द्रप्रसाद तमु, बिलबहादुर तमु, सुवेदार पदमबहादुर तमु, पञ्चकुमारी तमु, प्रभा तमु, लालकुमारी तमु, कन्याकुमारी तमु, सुवेदार घनबहादुर तमु, सुवेदार श्रीप्रसाद तमु चयन हुनुभएको छ ।
सदनको नेतृत्व चयनका लागि सल्लाहकार अधिवक्ता कृष्णबहादुर तमु संयोजक रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
यस अघि साधारणसभाको नेपाल सरकार स्थानिय मन्त्रालय अन्र्तगतको बौद्ध दर्शन तथा गुम्वा व्यवस्थापन समितिका अध्यक्ष खेन्पो डाक्टर निमा दोर्जे रिम्पार्छेले दीप प्रज्वलन गरी उद्घाटन गर्नुहुदै सबै मनवले त्याग र समर्पणको भावना लिएमा नैतिकवान समाज निर्माण हुने बताउनुभयो ।
सदनका अध्यक्ष क्याप्टेन मनबहादुर तमुको अध्यक्षतामा भएको साधारणसभामा समाजका सचिव क्याप्टेन भुवनसिंह तमुले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष विलबहादुर तमुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सदनका प्रमुख सल्लाहकार बीरबहादुर तमु, तमु धिं नेपालका महासचिव देविराज तमु, तमु प्ये ल्हु संघका उपाध्यक्ष क्याप्टेन रुपबहादुर तमु, बुद्ध जयन्ती मुल समारोह समिति कास्कीका सचिव गोविन्द ताम्राकार, क्याप्टेन चन्द्रप्रसाद तमुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बौद्ध अर्घो सदनलाई सहयोग पुर्याएका महानुभावहरुलाई सम्मान पत्र र खादाद्धारा प्रमुख अतिथी खेन्पो डा. निमा दोर्जेले सम्मान गर्नुभएको थियो ।
बौद्ध अर्घौ सदनमा क्याप्टेन भुवनसिंह
Read Time:2 Minute, 36 Second
