देब पचभैया
पाल्पा, कार्तिक १९, खानीगाउ ३ कल्लाबारी पाल्पाका राम बहादुर सोमैको घर र गोठ आगालागी हुदा जलेर नष्ट भएको छ । घरमा कोही नभएको बेला आज दिउसो ७ बर्षका कान्छो छोराले लागो बाल्न खोज्दा घर र गोठ जलेको बताईएको छ । आफैले सक्काएको सलाईले खरले छाएको घरको पालीमा आगो पुगेपछि आफु घर बाहिर निस्किएको उनले बताएका छन् । उनी सामान्य घाईते भएका छन् । आगोलागीमा लत्ता कपडा,खाद्धान्न सामाग्री सबै जलेको स्थानिय शिक्षक नल बहादुर साथीघरेले बताउनुभएको छ । उहाका अनुसार आगो नियन्त्रण भन्दा बाहिर रहेपछि मात्रै छिमेकीले थाहा पाएकाले केही कुरा पनि बचाउन नसकिएको हो । दिउसोको समयमा आगो लागेकाले छिमेकीहरु कामको लागी घर बाहिर थिए । एक्कासी आगो दन्किएको अबस्थामा छिमेकीले देखे पछि गोठमा बाधेका दुई वटा भैसी र बाख्राहरु गाउलेले बचाएका थिए । तर गोठ बाट फुकाएको भैसी मच्चिएर भागेपछि भिर बाट लडेर मरेको छ ।
आगलागी बाट ३ लाख बढीको क्षति भएको छ । जलेर सबै कुरा नष्ट भएपछि सोमैको परिवार छिमेकीको घरमा बसेका छन । ३ छोराका बाबु राम बहादुर सोमै मजदुरीको लागी भारतमा हुनुहन्छ उनका श्रीमती आगोलागीहुदा बाहिर रहेको बताईएको छ । आगोलाई नजिकै रहेको खानीगाउ निमाबिका शिक्षक, बिधार्थी र स्थानियले नियन्त्रणमा लिएका थिए । आगोलागी भएको घर भन्दा दाया बाया, तल माथि जताततै छिमेकीको घर भएपनि तिनले छाएको भएकाले थप क्षती हुन नपाएको बताइएकोछ ।
