राष्ट्रलाई अलपत्र र अनिश्चयको भूमरीमा छाढदैनेो : शिक्षामन्त्री शर्मा

Read Time:1 Minute, 45 Second

दिपा आले

नेपालगन्ज कार्तिक १९ गते, एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य एवं शिक्षामन्त्री दिनानाथ शर्माले संविधानसभाबाट संविधान बन्ने सुनिश्चितता नभएसम्म माओवादीले सरकारको नेतृत्व नछोड्ने बताउए । क्रान्तिकारीपत्रकार संघ नेपाल बाकेले आईतबार नेपालगञ्जमा गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो कुरा बताए । मन्त्री शर्माले राष्ट्रलाई अलपत्र र अनिश्चयको भूमरीमा नछोड्ने बताउदै सहमतिका बुदालाई संविधानको रुपमा घोषणा गर्ने र विवादित विषयमा सहमति भएपछि मात्र सरकार छाड्ने बताए । नेपाली कांग्रेस र नेकपा एमालेले संविधान निर्माण्ँलाई छोडेर सत्ता परिवर्तनको विषयलाई मात्रै जोड दिएकोले एकिकृत नेकपा माओवादीले यस्तो अवस्थामा सरकार कुनै हालतले नछाड्ने धारणा राखे l
विपक्षी दलहरुले भनेझै संसदको चुनावमा कुनै पनि हालतमा एकीकृत नेकपा माओवादी नजाने बताउंदै राष्ट्रपति डाक्टर रामवरण यादवले प्रतिगमनकारी शक्तिलाई बोलाएर प्रतिगमनको षड्यन्त्र गरिरहेको आरोप समेत लगाए । मन्त्री शर्मा आईतबार विहानै सल्यानमा बन्दै गरेको नवनिर्मित क्याम्पस भवन उद्घाटन गर्न आएका हुन l

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %