संविधानसभाको निर्वाचनमा जाने पार्टीगत निर्णय विपरीत संसद्को पुनस्थापनाको माग गर्ने आफ्ना पूर्व सभासद् तथा नेताहरु माथि नेपाली कांग्रेसले कारर्वाही गर्ने चेतावनी दिएको छ ।
पार्टीको निर्णय विपरीत अभिव्यक्ति नदिन, पार्टीको अनुशासन, आचार संहिता विरुद्ध काम कारर्वाही नगर्न र नगराउन शनिवार विज्ञप्ती मार्फत कांग्रेसले सचेत पारेको छ । पार्टीले संविधानसभाको निर्वाचनमा जान गरेको निर्णयको भोली पल्टै ७० जना पूर्व सभासद् तथा नेताहरुले निर्णयको पुनरावलोकन गर्नु पर्ने भन्दै पुनस्थापनामा जानु पर्ने अडान दोहोरयाएका थिए । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पार्टी निर्णय विरुद्ध हिड्ने नेताहरु माथि कारर्वाही गर्ने बताएका छन् । शनिवार भक्तपुरमा नगर सभापतिहरुको तीन दिने भेलालाई सम्वोधन गदै उनले यस्तो चेतावनी दिएका हुन् । ‘पार्टी निर्णय विपरीत लाग्नु अराजकता र अनुशासनहीन काम भएकाले त्यस्ता गतिविधिमा लाग्ने माथि पार्टीले सहेर बस्दैन’ उनले भने ।
राज्यसत्ता नेपाल व्युरो
पुनस्थापनाको माग दोहोरयाउने नेता माथि कांग्रेसले कारर्वाही गर्ने
Read Time:1 Minute, 38 Second
