देब पचभैया
कार्तिक १८, पाल्पाको रिङनेरह गाविस–७ मन्दिरडाडामा बंगुरले टोकेर ७३ बर्षिय धनबहादुर बिश्वकर्माको ज्यान गएको छिमेकी इश्वर आचार्यले बताए । बिकलाई शौचालय गएको अवस्थामा बंगुरले टोकेको थियो । उनको कान, नाक र घाटीमा टोकेर रगत बढी बगेपछि घटनास्थलमै मृत्यु भएको बताईएको छ । नजिकैको ताहु प्रहरी चौकीका ईन्चार्ज राम बहादुर पुनले भने घटनाको बारेमा कुनै जानकारी नभएको बताए ।
पाल्पामा बंगुरले टोकेर बृद्धको मृत्यु
Read Time:41 Second
