देब पचभैया
सराय नाच्दै बन्दीपोखरा लिपिन देबीका युबाहरु
पाल्पा, कात्तिक १३ गते, पाल्पामा यस वर्ष पनि खुँडा, भाला र तरबार नचाएर सराय नाच नाचियो । कोजागत पूर्णिमाको दिन परम्परादेखि नै खुडालगायतका हातहतियार नचाएर नाचिने सराय नाच जिल्लाको लिपिनदेवी, छहरा, भुवनपोखरी, मस्याम, मुझुङ् लगायतका स्थानमा नाचिएको छ ।
परम्परादेखि नै गाउँको देवी मन्दिरमा भएको सयौ खुडाहरूलाई धारिलो बनाई प्रत्येक वर्ष कोजागत पूर्णिमाको दिन सराय नाचिन्छ । स्थानीय युवा तथा पाकाहरूले ‘वाख्खै’ भन्दै धारिलो टल्किने खुडाँ नचाउने चलन रहेको वौघागुम्हा–४, का समाज सेबी टुकबहादुर थापाले बताए ।
बाजासहितको तालमा ‘बाख्खै–बाख्खै’ भन्दै खुडाँ जुधाएर नाच नाँचिन्छ । खुडाँ नचाउदा रमाइलो हुनुका साथै आफूसँग भएको शाहसिक कला प्रदर्शन गर्न सकिन्छ ।
कोजागत पूर्णिमाको दिन स्थानीय कोटघर, देवीको मन्दिरमा सराय नाच नाचिने परम्परागत प्रचलन रहेको छ ।
कोजागत पूर्णिमाको दिन लाग्ने सो मेला भर्न र मन्दिरमा पूजा गर्न आउने भक्तजनहरूकोे निकै भीड लागेको थियो । पाल्पालगायत पश्चिम भेगमा सराय नाचलाई महत्वका साथ लिने गरेको पाकाहरू बताउँछन् ।
फोटो : देब पचभैया
