गोविन्द घर्ति रुपन्देही
जातीय छुवाछुत कागजमा मात्र होइन व्यवहारमा लागु गर्र्नु पर्ने रुपन्देहीको सिक्टहनमा भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । मुक्ति समाज रुपन्देहीले आयोजना गरेको अन्तरजातीय विवाहको स्वागत कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताउनु भएको हो । सिक्टहन ६ प्रगतिनगर निवासी पवी वि.क र धकधई ६ निवासी भोला बहादुर क्षेत्री वीच भएको अन्तरजातीय विवाहलाई मुक्ति समाजले स्वागत गरेका छन् । उनीहरुले २१ औ शताब्दीमा पनि जातपातको नाममा बिभेद हुनु दुःखद बिषय भएको र जातीय विभेद हटाउदै समाज परिवर्तन गर्दै जानु पर्नेमा जोड दिएका दिए । उनीहरुले समाजको लागी यस्तो अन्तरजातीय बिबाह साच्चिकै नमुना भएको र अन्तरजातीय विवाहले मात्र छुवाछुत प्रथा नहट्न नसक्ने दावी गरेका थिए । दुल्हीको बुवा दल बहादुर वि.क. को स्वागत र हेम बहादुर जि आरको सञ्चालनमा सम्पन्न कार्यक्रममा मुक्ति समाजका जिल्ला अध्यक्ष नन्दबहादुर खड्काथोकी, समाजका ईन्र्चाज तोलराज बि. क. नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य डोलराज चापागाई, क्षेत्रीय अध्यक्ष बेद गीरी, समानताका लागि जागरण केन्द्र नेपालका अध्यक्ष भुवन सिं बिश्वकर्मा, दुल्हाका बुवा दिलिप कुमार क्षेत्री लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
