कार दुघर्टना हुदा एक जनाको मृत्यु

Read Time:53 Second

गोविन्द घर्ति

रुपन्देही कार्तिक १३, रुपन्देहीको देवदह–७ घोडाहामा कार दुघर्टना हुदा एक जनाको मृत्यु भएको छ । बुटवलदेखि पुर्वतर्फ आईरहेको बा १ झ ३७९३ नम्वरको कारले विपरीत दिशा तर्फ गईरहेको साईकल यात्रीलाई ठक्कर दिदा उक्त दुघर्टना भएको हो । देवदह ७ घोडाहा निवासी तथा बुद्धनगर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ५६ बर्षिय लोकनाथ खरेलको उपचारको क्रममा लुम्विनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको देवदह प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई वडा प्रहरी कार्यालय बुटवलमा राखिएको प्रहरीले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %