इलाममा जनमुक्तिको पकड कस्सिंदै

Read Time:1 Minute, 37 Second

नेपाली कांग्रेसका इलाम जिल्ला सचिव सबक प्रधान र सोही दल सम्बद्ध तरुण दलका जिल्ला अध्यक्ष तेम्बा शेर्पा आफ्ना १७५ भन्दा बढी सहयोगीहरुसहीत राष्ट्र्यि जनमुक्ति पार्टीमा प्रवेस गर्नुभएको छ ।
जिल्लाको नयांबजार गाबिसमा आज आयोजित प्रशिक्षण कार्यक्रममा उनीहरुले जनमुक्ति पाटी सम्बद्ध राष्ट्र्यि युवा मोर्चाका केन्द्रिय अध्यक्ष राजेन्द्र राईबाट पार्टीको सदस्यता ग्रहण गर्नुभयो । सदस्यता ग्रहण गर्नेहरुमा नेकपा एमालेका दुई दर्जन भन्दा बढी कार्यकर्ताहरु पनि छन् ।
आजै नवप्रवेसीका एकजना नचता पेम्बा शेर्पाको अध्यक्षतामा नयांबजार गाउं समिति पनि गठन गरियो ।
कार्यक्रममा मोर्चा अध्यक्ष राईले जातीय मुक्ति र सत्ता प्रप्तीको लागि राष्ट्र्यि जनमुक्ति पार्टीको सिद्धान्त बाहेक अर्को बाटो छैन भन्नुभयो । नवगठित समितिका अध्यक्ष पेम्बा शेर्पाले नेपाली कांग्रेस र नेकपा एमालेले जनजातिहरुलाई सत्ता शिखर चढ्ने घोंडाको रुपमा उपयोग गरेको स्पष्ट भए पछि आफूहरु बाटो खोज्दै जनमुक्तिमा आईपुगेको बताउनुभयो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %