दशैको टिका लगाउने दिन तीन दिन बाँकी रहदा देश भरि दशैको रौनक एक्कासि बढेको छ । तर दशैको चहलपहल र रमझम भने यो गाउँमा कहिलै हुन्न । दशै पर्वले यो नेवार गाउँलाई कहिल्यै छुन्न । ललितपुरको खोकना गाविसका मानिसहरुलाई दशैको रौनकताले कहिलै छोपेन । दशैको तीन दिन अगाडि खोकना पुग्दा यो गाउँका मानिसहरु आफ्ना जात्रा निकाल्न व्यस्त देखिन्थे । राम्रा लुगा, मिठो खाना अनि मान्यजनको टिका थापि आर्शिवाद लिएर मनाउने नेपालीको महान् चाडँ दशै बषैपिच्छे उमङ्घ थप्ने गरे पनि खोकनावासीलाइ भने त्यसले केहि रंग भरदैन । औषत नेपालीहरु भन्दा फरक ढङ्गबाट खोकनाबासीले दशै मनाउँछन् । आश्विन शुक्ल प्रतिपदादेखि उनीहरु पुजापाठ गर्दछन् । पाहुना वा आफन्त बोलाउछन् र मिठो खुवाउँछन् । सप्तमीको दिन रुद्रायणी देवीको ‘सिकारी’ जात्रा निस्कन्छ । खटमा रुद्रायणी देवीलाई राखेर जात्रा निकालिन्छ र जात्राले सम्पूर्ण टोल परिक्रम गर्दछ । जात्रामा सम्पूर्ण खोकनाबासीको उत्साहजनक सहभागिता रहन्छ । जात्राको दिन टिका लगाइन्छ तर जमरा लगाइदैन । घरमा जमरा पनि राखिदैन । दशैको अवधिमा देशभरि हजारौ खसी र रागाँको वलि दिइने गरिन्छ, तर खोकनाबासीले काटमार गदैनन् । आफैले पालेका पशुपक्षी आफ्नै सन्तान सरह मान्ने कारण खोकनावासीले काटमार नगर्ने स्थानिय ८६ बर्षिय कुल बहादुर मर्हजन बताउछन् । हिन्दु र बौद्घ धर्मालम्वी नेवार समुदायको बाक्लो बस्ती रहेको खोकना गा.वि.स मा बलि गुठीले मात्र दिन्छ । काटमार बिना दशै मनाउने खोकना उतिकै शान्त छ । मल्लकालका राजा अमर मल्ल ले रुद्रायणी देविको स्थापना गरेपछि यहाँका मानिसहरु रुद्रायणी देवीको पुजापाठ र आराधना गदै दशै नमनाउने प्रचलन बसेको बताउँछन् । इतिहास विद् प्रा.दिनेशराज पन्तका अनुसार अमर मल्ल बिं.सं.१५८६ देखि १६१७ सम्म राजा भएको अवधिमा यहाँ रुद्रायणी देवीको मन्दिर बनाउन लगाएका थिए । रुद्रायणी देवीको शक्तिको उपसना गदै निकालिने सिकारी जात्राको विषयमा स्थानिय तहमै धेरै अध्ययन अनुसन्धान हुन थालेको छ । स्थानिय शिक्षक तथा सिकारी जात्राबारे सोध खोज गरिरहेका कृण्ण मर्हजन शक्ति जगाउने र शक्तिलाई नियन्त्रणमा लिनका लागि रुद्रायणी देवीको जात्रा निकाल्ने प्रचलन रहेको बताउँछन् । उनका अनुसार किराँत कालदेखि यस्तो जात्रा निकाल्ने प्रचलन रहेपनि पछि खोकनामा बस्ती बसेसगै खोकनाबासीले आफ्नो मुख्य जात्राको रुपमा यो जात्रालाई लिने गरेका हुन् ।
काट्मार र टिका जमरा बिना मनाईने उनीहरुको जात्राले दशैलाई बिर्साउँछ । ६ जनाको परिवार रहेका कुलबहादुर मर्हजन भन्दछन् , ‘सवैलाई रमाइलो त हुन्छ नै दशै भन्दा जात्राले हाम्रो लागी छुट्टै महत्व बोक्दछ । परिवारमा भेटघाट र जमघट पनि यहि जात्राले गराउँछ’। मल्लकालदेखि चलिआएको यस्तो चलनलाइ नयाँ पुराना पुस्ताले परम्पराको रुपमा स्वीकार गरिरहेका छन् । देवीका नाममा वली दिएर दशैलाई हिंसात्मक रुपमा मनाउने चलनले विकृतिलाई वढवा दिएको अवस्थामा खोकनावासी भने काटमार र टिका जमरा बिना मौलिक ढङ्गले दशै मनाउदै आएका छन् , स्थानिय बासिन्दा अशोक मर्हजन पुरानो चलन भएकोले यसलाई नयाँ पुस्ताहरुले समेत स्वीकार गरिरहेको बताउँछन् । ‘दशै नमनाउने भएपनि खल्लो चाहिँ हुदैन, दशैको बेलामा जात्रा पर्ने र भेटघाट साथै जमघट अनि मिठो खाना संगै जात्रा मनाईने हुदा पनि दशैलाई यसले विर्साउँछ’ उनले भने । काठमाण्डौदेखि दक्षिणमा रहेको खोकना गाविस ललितपुर जिल्लामा पर्दछ । नेवार समुदायको बाहुल्यता रहेपनि यहाँका नेवारहरुको संस्कृति चालचलन उपत्यकाका नेवारहरुको भन्दा भिन्न छ । कृषि कार्यमा संलग्न खोकना बस्तीमा आफ्नो कला संस्कृति र अन्य कारणले अरुभन्दा मौलिक र बिशिष्ट संस्कृतिलाई आफूले जोगाएकोमा गर्व गर्दछन् यहाँका बासिन्दाहरु । हिन्दु र बौद्घ धर्मालम्वीबीच आपसी सहिष्णुता कायम रहेको यो बस्तीमा हिन्दु र बौद्घ दुवैका चाडपर्वमा उल्लेख्य सहभागिता रहन्छ । आफैले पालेका पशुपंक्षीलाई आफैले हत्या गर्नुहुन्न भन्ने मान्यता दुवै धर्मालम्वीको छ ।
गोविन्द लुइँटेल
दशैं नमनाउने गाउँ खोकना
Read Time:6 Minute, 4 Second