नेपालमा ७०% जनताहरु हिन्दु धर्म, सस्कार र रितिरिवाजमा रमेको पाउछौ र हिन्दु धर्मालम्बीहरुलाइ यही धर्म, सस्कार र परम्पराहरू प्यारो लाग्नु स्वोभाबिकै हो । हिन्दु धर्मालम्बीहरु आज यो संसारमा दुर्लब हुदै गैरहेको पनि छ । तथ्याङ्कको आधारमा हेर्ने हो भने हिन्दुहरु सबै भन्दा कम भइसकेको छ । जनआनदोलन ६२/६३ को उपलव्धीपछि सन २००८ मे २८ तारिख देखि नेपाल धर्मनिरपेक्ष राज्य धोषित भयो । हिन्दु रास्ट्रको नाममा चिनिने अहिले सन २००८ मे २८ तारिख देखि नेपाल धर्मनिरपेक्ष राज्य धोषित भयो । आज अन्तरिम संबिधानमा मुलुकलाई धर्मनिरपेक्ष राज्य भनेर लेखिएको छ । यद्दपी मुलुक चाही हिन्दु धर्म सापेक्ष नै प्रतित हुन्छ । तर कहिले काहीँ गहिरिएर सोच्दा, पढ्दा, अरु धर्महरूबारे देख्दा सम्पूर्ण धार्मिक क्रियाकलापहरू ती सबै भन्दा भिन्न पाउदा आश्चर्य त लाग्छ नै र सोच्न बाध्य बनाउछ की एक अर्कासँग बाडीएर एक धर्मले अर्को धर्मको बिरोध गर्नु, एक अर्काको अपमान गर्नु भनेर त कुनै भागवानले कुनै पनि धर्ममा भन्नु भएको छैन । यी सबै हाम्रा मानिसहरुको चिन्तन फरक हुन । हाम्रो देश नेपाल पनि जातिबाद, धर्मबाद, अनि अरु के के बाद भनी छुट्याए को छ ,यो संसारमा जे जति नै मानिसको जातीहरू, धर्महरू भएता पनि हामीले मान्नुपर्ने र जान्नुपर्ने सबै भन्दा ठूलो धर्म भनेको त मानब धर्म नै हो । प्रमुख धर्म “मानब” धर्म नै हो , यस संसारमा रही सांसारिक नियमबाट टाढिन खोज्नु र नकार्नु त सम्भब नै छैन । अझ गहिरो सम्बन्ध त प्राकृतिक नियम र चलनहरूसंग छन् जस्लाई हामीले कहिलै परिबर्तन गर्न सक्दैनौ सक्ने पनि छैनौ । जन्म, मृत्यु, दिन, रात मौसम, यी सबै गर्ने गराउने कुनै एउटा प्राकृतिक शक्ति छ जसलाई हामीले भगवान भन्छौ । तर कहिलै भेट्न, देख्न, सुन्न सक्दैनौ जति नै भगवान छैन वा मान्दिन भन्दा पनि यी सबै बिषय बस्तुहरुमा गहिरिएर सोच्दा र आफैलाई जबाफ दिन नसक्दा कतै केही त छ जसले यो संसारलाई र हामी मानबहरुलाई चलाईरहेको छ भनी विश्वास गर्न बाध्य हुनुपर्छ । अन्यथा आज यो बैज्ञानिक समयमा यति धेरै अध्यानहरू हुदा पनि मृत्युपछि कहाँ जान्छौ ? स्वर्ग के हो ? नर्क के हो ? सात जन्मको कथा जुन हिन्दु शास्त्रहरुमा उल्लेखित छ त्यसैले कुनै एउटा प्राकृतिक शक्तिमा आस्था त राख्नै पर्छ । मृत्यु मात्रै नभई थुप्रै यस्ता रहस्यहरू छन् प्राकृतिक शक्तिले हामीसंग केही माग राख्ने पनि छैन आस्था बाहेक । हामी मानबहरू धर्म रीतिरिवाज अनि सस्कारको जसमा हामी विश्वास गर्छौ, तर धर्म र आस्थाले त मानबको मनलाई शान्ति, सुख, समृदी र दिर्घायु दिनुपर्ने हो नी ? की विध्वंस, युद्ध वा मनमुटाब ? नेपालीहरू ७०% हिन्दु धर्म मान्छौ तर हिन्दु धर्ममा कति कुराहरु नै निर्थक
छन् जसले हाम्रो स्वार्थको बयान गर्छ । हिन्दु धर्मालम्बीहरु कति अन्धविश्वासी र पापी छौ भन्दा हिन्दुधर्मको नाममा गर्ने गरेको क्रियाकलापहरुले दर्शाउछ l हिन्दु धर्महरुको चालचलन, सस्कार यी सबै नियमहरु अरु धर्महरुसँग मिल्दैन । जबकी अरु सबै धर्ममा गर्ने नियमहरु एक अर्कासंग मेल खान्छ । हामी हिन्दुहरुले प्रार्थना गरिने मन्दिर जहाँ कहिलै शान्ति हुदैन । हामी आफैले अक्षता, अबिर, जल, रगतको बली चढाई फोहर पारीरहेका हुन्छौ । भने अरु धर्मको प्रार्थना गर्ने मन्दिरहरुमा
त्यो भन्दा फरक हुन्छ । उनीहरुको प्रार्थना गर्ने स्थलमा चर्च, गुम्बा, मस्जित, बेतक्नेसेतहरुमा शान्ति हुन्छ जहाँ पस्दा नै हामी आत्मीय शान्ति महशुस गर्न सक्छौ । हामी हिन्दुहरुले चढाउने सरसामानहरु आफैले चढाउने जल, धुप र बतीले भिजेर जलेर नास भइरहेको हुन्छ । अरु धर्महरुमा दानपेटीमा दान चढाउने मात्रै गरिन्छ । दानपेटीमा दान स्वरूप राखेको पैसाहरू कुनै मानब उपयोग कार्यहरुमा लगाउने गर्दछ । यस्तै कतिपय कुराहरु धर्म पुराणहरुमा वा धार्मिक ग्रन्थहरुमा बर्णन छ । जस्तै महाभारत युद्ध जून आफ्नै परिवार भित्र भएको थियो भनिन्छ l यसै गरी हामी हिन्दुहरु त्यो पनि नेपालमा रहेको हिन्दु धर्मालम्बीहरुको सबै भन्दा दुखदायी प्रथा रहेको छ बली प्रथा । जून भागवानलाई खुसि पार्ने भनी बली दिईन्छ l यही हिन्दु धर्म मान्ने रास्ट्र भारतको देबी मन्दिरहरुमा यसरी बली चढाएको पाइदैन । बरु नेपालमा देबिलाई खुसि बनाउने चलनमा पशु मारिनछ र मलाई यसरी रगतको बली दिनुपर्छ भनी कुनै देबी देवताले भनेको छैन । बरु पाप र धर्म बिचको युद्धमा धर्मलाई बचाउन अनेक रुप लिएर देवीले पापीहरुको संहार गरेको कुरा पाईन्छ ।
बली सम्बन्धी प्रसंगमा एउटा कुरा सम्झना कर लाग्यो केही वर्ष अगाडी समाचार पढेको थिए । एकजना नेपाली मित्रको बिदेशी साथी नेपाल घुम्न र प्राकृतिक सौन्दर्यलाई अबलोकन गर्न जानु भएछ । त्यतिबेला नेपालमा बिजय दसमी परेकोले बिभिन्न स्थानमा घुम्ने क्रममा उहा बिदेशी पाहुना निकै खुशी र उत्साहित हुनुभएछ । नेपाल जहाँ प्राकृतिक र सौन्दर्यको बास छ जसको सुन्दरताको बयान गर्दा स्वर्गसँग तुलना गरिन्छ । यसरी बिदेशी पाहुना घुम्दै जादा नवमीको दिनमा भक्तपुरको कुनै देबीको मन्दिरमा पुग्नुभएछ । उहाहरु त्यहाँ पुग्दा त चारैतिर ताजा रगत बगीरहेको र दुर्गन्धको साथै बिभत्स अवस्था देख्दा त ती बिदेशी पाहुना त निकै आत्तिनु भएछ, र सोध्नु भएछ यहाँ के हो ?
पवित्र स्थलमा वरिपरि मानिसहरु त कति हिस्रिक भएछ मन्दिर पनि छाडेन हिंसा गर्नलाई, नराम्रै दुर्घटना भए जस्तो छ । उहा बिदेशी पाहुनाको प्रश्न सुन्दा बिदेशीको मित्र नेपालीले मुस्कुराउदै भन्नु भएछ, होइन नआतीनुस यहाँ केही भएको छैन । यो त हाम्रो हिन्दुहरुको धर्म हो l जून हामी पशुको बली चढाऊँछौ मन्दिरमा भन्दै भन्नु भएछ । यति सुन्ना साथ ती बिदेशी पाहुनाले आतिदै आश्चर्य मान्दै भन्नु भएछ “यो कस्तो धर्म हो हिन्दुहरुको मन्दिरमा पशुको बली दिइन्छु” भगवानलाई खुशी पार्नको लागी रगतको खोला बगाइनछ ?
हिन्दुहरुको धर्म सुन्दा त यस्तो दुख लाग्दोरहेछ भने हिन्दु धर्मालम्बीहरुको पाप कस्तो होला ? भनी प्रश्न गर्नु भएछ । हुन् त मांसाहारी हो माछा, मासु खान्छौ र भोजन ब्यबस्थापन र जिबनयापनका लागि संहार त गर्नै पर्यो भनिन्छ । कोही बाच्नको लागी कसैको मृत्युको आवश्यक छ रे । तर किन धर्मको नाउमा त, किन देबिलाई खुशी पार्नेको नाउमा ? की हामीलाई पशु मारेर खादा लाग्ने पाप बोक्ने शक्ति छैन वा सत्य स्विकार्ने क्षेमताको कमी छ हामीमा ? भगवानलाई बली चढाएर हाम्रो इच्छा पूर्ति हुदैन l न की भाकल गरेर छोरा पाईन्छ ? वा देशको लागि प्रधानमन्त्री को कुर्शी नै पाउन सकिन्छ l यी सबै सत्यलाई स्वीकार गरौ समस्या समाधानको लागि भाकल नगरौ बरु ती समस्यासँग जुधौ, र निचोड निकालौ, अघि बढ्ने सोच र कार्यमा विकास गरौ । अन्धबिस्वासी मानसिकतालाई हटाई यथार्तलाई अंगालौ l हिन्दु धर्मको बिरोध गर्ने मेरो मनोकांक्षा होइन । यसरी नै हाम्रो बली प्रथालाई मैले किन एस्तो गरियो भन्नु भन्दा अब आउने दिनहरुमा बलिको प्रथा नगरौ l आफ्नो भावी सन्ततिहरुलाई कहिलै पशुको बली भाकल नगर्न चेस्टा गरेकी छु । भगवान भनेर मठ, मन्दिर धाउनु नै धर्म होइन । भगवान भनेर आफुलाई यो संसारमा ल्याउने, पाईला टेकाई दिने माता पितालाई आदर र पूजा गरौ l अनि सम्मान दिऔ !!
यो संसारमा कति धर्म होलान, कति भगवान, कति रीतिरिवाज र चलनहरु सबैलाई अफ्नै धर्म, आफ्नै सस्कार, आफ्नै रीतिरिवाज आफ्नै तरिकाले मनाउनु पाउने अधिकार पक्कै पनि छ । यो संसारमा हामी मानिसहरु कोही बौद्ध, कोही हिन्दु, कोही मुस्लिम, कोही यहुदी, कोही इशाई, धर्मालम्बीहरू छौ । तर संसारमा सबैभन्दा बढी बाहुल्यता रहेको धर्म मुस्लिम मानिन्छ भने सबैभन्दा कम हिन्दुहरु रहेका छन् । संसारमा रहेको धर्महरुको सम्बन्ध हिन्दु धर्मसँग सम्बन्ध छ भन्ने गरिन्छ सबै भन्दा बाहुल्य रहेको मुस्लिम धर्मको शुरुवात गर्ने पहिलो व्यक्ति हिन्दु नै थिए भनिन्छ । यसरी यस संसारमा शान्तिको संदेश फैलाउने गौतम बुद्ध पनि हिन्दुसँग सम्बन्ध भएता पनि हिन्दु धर्मका धर्म गुरु संकार्यचार्यले पनि बिछु बनि बुद्ध दर्सन अध्यान गरेका थिय । तर उनि बुद्ध दर्शनलाइ सफल हैन विफल र नस्ट गर्न आएका थिए भन्दा अतियुक्ति नहोला । नभन्दै उनि पछि नेपाल प्रबेस गरेर चौरासी हजार बुद्ध ग्रन्थलाइ आगोमा जलाएर खरानी मात्रै बनाएनन, अपितु धेरै भन्दा धेरै भिछु र भीछुणी धर्म गुरुहरुलाइ देस निकाला गरियो त कतिलाइ काटेर मारियो भने भीछुणीहरुलाइ बलात्कार गरियो, मारियो । येसु प्रभु जेसस कराइस्तले पनि भारतको कलकत्तामा आएर चौध बर्ष सम्म भिछु भै बुद्ध दर्शन अध्यान गरि जेरुसेलम फर्केपछि उनको अनुआइहरुले गर्दा उनि इशाई धर्मका जन्म ज्ञाता बनेको इतिहास साछी छ ।
माया घले मगर
(उदयपुर-गाइघाट, हाल-इजरायल)