संघीय लोकतान्त्रिक मोर्चाले बिहीबार राष्ट्रपतिलाई भेटि अहिलेको राजनीतिक र संवैधानिक संकट समाधान गर्न सक्रिय भूमिका खेल्न सुझाएको छ । भेटमा राष्ट्रपतिले सबै दलको सुझाव लिएर मात्रै आफू अगाडि बढ्ने बताएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति डा. रामवरण यादवले शुक्रवार दलीय बैठकमा समेत आफ्नो भूमिकाको बारे छलफल गर्ने बताएको स्रोतले बतायो । सात दल सम्मिलित मोर्चाका मधेशवादी र जनजाति नेताहरुले राष्ट्रपतिलाई भेटेर राजनीतिक गतिरोध सल्टाउन सक्रिय भूमिका खेल्न सुझाव दिएका हुन् ।
