खडक आले मगर
कोटा, कार्तिक १, गाउंमा बिजुली बालेपछि तनहुंको बिकाट कोटाछेराङ्ग र बैदी गा. बि. स. का जनताहरु फुरुङ्ग छन । २०५५ सालमा यु.एन.डि.पि, जि.बि.स/गा.बि.स. र स्थानिय उपभोक्तको संयुक्त सहभागितमा करिब रु. ५७ लाख लागतमा निर्माण भएको स्थानिय छेराङ्ग खोला लघु जलविद्युत आयोजना जिर्ण भइ पटकपटक बिग्रिएकोले स्थानिय उपभोक्तहरुले सास्ती खेपिरहेका थिए । २०६४ सालमा जेनरेटर र याल. सी. प्यानलबोर्ड बिग्रिएर अढाई बर्षसम्म आयोजना बन्द रहेकोमा रु. ७ लाखको लागतमा नयां जेनरेटर र याल. सी. प्यानलबोर्ड फेरेर आयोजना संचालनमा ल्याएका थिए । तर एक बर्ष पनि बाल्न नपाउदै टरवाईनको फिता चुडेर यस पटक पनि ८ महिनासम्म विद्युत बन्द रहन पुगेको कुरा सो आयोजनाका अध्यक्ष गोम बहादुर मगरले बताए । हाल जि. वि.स. तनहुंको रु. ६० हजार रुपैयां र स्थानिय उपभोक्तको रु. ४० हजार गरि रु. एक लाख रुपैयांको लागतमा नयां फिता फेरेपछि, असोजको ३० गते देखि बिजुली बाल्न सुरु गरेका हुन ।
