गोविन्द घर्ति देवदह असोज २४, वर्तमान राजनीतिक संकटलाई निकास दिन ताजा जनादेशमा जानु पर्ने राष्ट्रिय जनमुक्ति पार्टीका स्थायी समिति सदस्य तथा प्रचार प्रसार प्रमुख टोप अस्लामीले बताउनु भएको छ । राष्ट्रिय जनमुक्ति पार्टी लुम्विनी राज्य परिषदले रुपन्देहीको बुटवलमा आयोजना गरेको वर्तमान राजनीति परिस्थिती र निकासको बाटो विषयक सर्वपक्षीय अन्तरसम्वाद कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो । उहाले राज्य पुनःसंरचना वारे राजनैतिक दलहरु स्पष्ट भएर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो । नेता अस्लामीले ठूला तिन दलले पहिचान सहितको संघीयता स्वीकार गर्न नसकेका कारण संविधान बन्न नसकेको बताउनु भयो । लुम्विनी राज्य परिषदका अध्यक्ष नगेन्द्र चौधरीको अध्ययक्षता र सचिवमा तिल बहादुर झेडीको संचालनमा भएको कार्यक्रममा राष्ट्रिय जनमुृक्ति पार्टीका स्थायी समिति सदस्य रामु परियार, संघीय परिषद सदस्य दल बहादुर विरकट्टा, अशोक पुन, हरिदेव थापा, मोहमद हसन, एकिकृत माओवादीका प्रेम गुरुङ्ग, नेकपा एमालेका नन्दीकिशोर ढकाल, नेपाली काग्रेसका काजीमान श्रेष्ठ, नेकपा–माओवादीका भुल बहादुर सुनारी, नेकपा मालेका गोपालमणि गौतम लगायतले बोल्दै राष्ट्रिय सहमतीय सरकार निर्माणले मात्र राजनीतिक गतिरोध अन्त्य हुन सक्ने बताउनु भएको थियो ।
राष्ट्रिय दलित मोर्चा जिल्ला समिति नवलपरासीको भेला वर्दघाटमा
राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन राष्ट्रिय दलित मोर्चा जिल्ला समिति नवलपरासीको भेला वर्दघाटमा सम्पन्न भएको छ । भेलाले मोतीलाल सुनारको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय दलित मोर्चा जिल्ला समिति गठन गरेको छ । जसको उपाध्यक्षमा श्यामला बराई, सचिवमा आनन्द सिं विश्वकर्मा, सहसचिवमा तिल बहादुर विश्वकर्मा र कोषाध्यक्षमा दिपक लामगाडे रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा भोजराज रणपाल, कृष्ण वि.क, सुनिता नेपाली, दधिराम विश्वकर्मा, गिता परियार, मन बहादुर नेपाली चयन हुनु भएको छ । मोतीलाल सुनारको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय दलित मोर्चाका केन्द्रीय अध्यक्ष रामु परियार, राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य दल बहादुर विरकट्टा, कर्ण बहादुर सुनारी, पार्टीका जिल्ला अध्यक्ष नर बहादुर ठाडा, सचिवमा तिल बहादुर झेडी लगायतले बोल्नु भएको थियो
