राष्ट्रिय सहमतिका लागि दबाव दिन एमाले सडकमा

Read Time:1 Minute, 23 Second

बर्तमान सरकारको बर्हिगमन र राष्ट्रिय सहमतिको माग राख्दै एमालेद्धारा शुक्रवार देश भर प्रर्दशन गरेको छ । एमालेका विभिन्न २० जनवर्गीय संगठनद्धारा काठमाडौंमा निकालेको र्याली खुल्ला मञ्चमा पुगेर टुंगिएको थियो । सभालाई एमाले अध्यक्ष झलनाथ खनालले सम्वोधन गदै माओवादीको सर्वसत्तावादी सोचले देशमा राजनीतिक र संवैधानिक अड्चन आएको बताए । उनले माओवादी नेतृत्वको बर्तमान सरकार नडलेसम्म देशले निकास नपाउने जिकिर समेत गरे । सरकारको राजीनामा निर्वाचनको र संविधानको सुनिश्चिता नभएसम्म एमालेले सडक संघर्ष जारी राख्ने समेत प्रष्ट पारे । एमाले तेस्रो शक्ति भएकाले पनि ठोस भूमिका खेल्न नसकेको उनले स्वीकारे ।  सभामा केपी ओली, बामदेव गौतम, शंकर पोखरेल, लगायतका नेताहरुले विगतमा भएका सहमति र सम्झौताहरु माओवादीका कारण व्यवहारिक कार्यान्वयन हुन नसकेको बताए ।
(राज्यसत्ता नेपाल व्युरो)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %