जनजाति र मधेशवादीहरुको छुट्टै मोर्चा

Read Time:1 Minute, 34 Second

मधेशवादी तथा जनजाति लगायत केही स– साना दलहरुको छुट्टै मोर्चा १५ असोजमा घोषणा भएको भएको छ । मधेशी जनअधिकार फोरम नेपाल र सरदसिंह भण्डारीको नेतृत्वको मधेशवादी दल सहित अन्य पाँच वटा जनजाति गरि सात वटा पार्टी मिलेर संघीय लोकतान्त्रिक मञ्च नामको मोर्चा गठन गरेका हुन् । मोर्चामा तामसालिङ राष्ट्रिय दल, खुम्वुवान् स्वयात परिषद्, नेपाल शान्ति समाज दल, जनमुक्ति पार्टी नेपाल र नेपाल नागरिक पार्टी सामेल छन् । १५ असोजमा राजधानीमा पत्रकार सम्मेलन गरि मोर्चा घोषणा गरिएको हो । वर्तमान राजनीतिक गतिरोध अन्त्य गरि जनजाति र मधेशी तथा दलित र मुश्लिम लगायत पिछडिएका बर्गको हक अधिकार सुनिश्चित हुने संविधान निर्माणको लागि दवाव दिनका लागि मोर्चा गठन गरिएको मोर्चाका संयोजक उपेन्द्र यादवले बताए । राष्ट्रिय समाजवादी मधेशवादी पार्टीका अध्यक्ष सरदसिंह भण्डारीले राजनीतिक निकासका लागि बाधक बनिरहेका दलहरुको षड्यन्त्रलाई मोर्चाले सफल हुन नदिने दावी गरेका छन्  ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %