नेपाल मगर संघ कैलालीको जिल्ला सम्मेलन सम्पन्न

Read Time:3 Minute, 12 Second

विभिन्न क्षेत्रमा योगदान पुरयाउने ११ जना सम्मानित
असोज १३, शनिवार, अत्तरिया, नेपाल मगर संघ जिल्ला कार्य समिति कैलालीको २० औं जिल्ला सम्मेलन अध्यक्ष श्री टेक नामजालीमगरको सभापतित्वमा मालाखेती–७, अत्तरिया स्थित श्री दुर्गा लक्ष्मी उच्च माविको प्राङ्गणमा असोज १३ गते सम्पन्न भएको छ ।
‘इतिहास, भाषा, संस्कृति, संरक्षण–सम्बद्र्धन मगरहरुको मूल मन्त्र, जातीय पहिचान स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मुल नाराका साथ सम्पन्न भएको छ । नेपाल मगर संघका केन्द्रिय सदस्य धन बहादुर थापामगर प्रमुख अतिथि, नेपाल मगर संघका पूर्व केन्द्रिय उपाध्यक्ष नरविर पुनमगर विशिष्ट अतिथि रहनुभएको उक्त कार्यक्रमा अन्य अतिथिहरु, नेपाल मगर बौद्ध सेवा समाज केन्द्रिय कार्य समितिका पूर्व उपाध्यक्ष तेज बहादुर पुनमगर, नेपाल मगर विद्यार्थी संघ केन्द्रिय कार्य समितिका पूर्व उपाध्यक्ष गणेश घर्तीमगर, आदिवासी जनजाती महासंघ (एकिकृत) केन्द्रिय सदस्य किसन रानामगर लगायतले सम्पूर्ण मगरहरुको साझा सवालका बिषयमा आ–आफ्नो मन्तव्य राखेका थिए ।
सो जिल्ला सम्मेलनले  जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधत्व सहितको राज्य व्यवस्थालाई संस्थागत गर्नका लागि बहु जातीय प्रजातान्त्रिक समाजवादलाई अंगिकार गर्दै अगाढि बढ्ने निष्कर्ष निकालेको छ ।
सोही कार्यक्रमको अवसरमा खेल, कला, साहित्य, स्वास्थ्य र भाषिक क्षेत्रमा योगदान पुरयाउने ११ जनालाई सम्मान गरिएको छ । स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुरयाउने सेवा नर्सिङ्ग होम प्रा.लि.का डा. सुमल थापामगर, खेलकुद क्षेत्रमा विशेष योगदान पुरयाउनेहरुमा विनोद दर्लामीमगर, चन्द्र बहादुर थापा मगर र मेश थापामगर, साहित्य क्षेत्रमा विशेष योगदान पुरयाउनेमा गणेश बहादुर घर्तीमगर, अभिनय क्षेत्रका शेर बहादुर घर्तीमगर, गायन क्षेत्रतर्फ कमल विरही थापामगर, रकिल मगर, विर बहादुर सिंजालीमगर, गीता पुनमगर, तुलसी रोकामगरलाई सम्मान गरिएको संयोजक गोविन्द घर्तीमगरले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %