पोखरा सिटि डटकमका संस्थापक मोटरसाईकल दुर्घटनामा परि घाईते

Read Time:1 Minute, 47 Second

रेम बिक,
पोखरा, १४ असोज, फोटो पत्रकार राम गुरुङ मोटरसाईकल दुर्घटनामा परेर घाईते भएका छन् । आईतबार विहान कास्की आवाज दैनिकको शुभारम्भ कार्यक्रम सकेर तमु धीं भवनबाट मोटरसाईकलमा बाहिरिँदै गर्दा अर्को मोटरसाईकलमा ठोक्किएपछि उनी घाईते भएका हुन् । दुर्घटनामा परेर गुरुङको दाहिने हात भाँचिएको छ । घाईते भएका फोटो पत्रकार गुरुङ ग ५ प ८५८३ नम्बरको मोटरसाईकलमा सवार थिए ।

उल्टो दिशाबाट आएको मोटरसाईकलले ठक्कर दिएपछि सडकमा लड्दा हात च्यापिएर फ्याक्चर भएको घाईते गुरुङले बताए । दुर्घटनापछि गुरुङलाई उपचारको लागी सेवा हस्पिटल पुगेपनि पछि थप उचारको लागी फेवा सिटि हस्पिटलमा पु¥याईएको थियो । भाँचिएको हात निको हुनका लागी एक महिना लाग्ने चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार एक हप्तासम्म बेड रेस्ट गरेर त्यसपछि एक महिनासम्म फिजियोथेरापी गरेपछि मात्र भाँचिएको हात निको हुन्छ ।

राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रिय सदस्य समेत रहेका फोटो पत्रकार गुरुङ पोखराबाट संचालित पोखरासिटि डट कम र ठिकठाक डट कमका संस्थापक समेत हुन् । पोखरा सिटि डट कप परिवारले राम गुरुङको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %