खड्क आले मगर कोटा,
तनहु, असोज १४, तनहुको कर्णाली भनेर चिनिने बिकट कोटा गा.बि.स निःशुल्क तथा अनिबार्य आधारभूत शिक्षा लागु गरिने जिल्लाकै चौथौं गा.बि.स हुने भएको छ ।“कोटाबासीको ईच्छा निःशुल्क तथा अनिबार्य आधारभूत शिक्षा” भन्ने मूल नाराका साथ विभिन्न साँस्कृतिक झाकी, रयाली सहित आयोजित विशाल सभाले, तनहुको बिकट कोटा गा.बि.स. लाई निःशुल्क तथा अनिबार्य आधारभूत शिक्षा लागु गरिएको गा.बि.स. घोषाणा गरेका हुन ।
कोटा गाउँ शिक्षक समितिको अध्यक्षा तथा गा.बि.स. सचिब दुर्गा बहादुर राना मगरको सभापतिक्त्व र जिल्ला शिक्षा कार्यलय तनहुका उपसचिब राम प्रसाद शर्मा को प्रमुख आतिथ्यमा सम्पन्न, उक्त कार्यक्रममा हाल सम्म विभिन्न कारणले बिद्यालय बाहिर रहेका १७ जना बालबालिकालाई विभिन्न बिद्यालयमा भर्ना गरि जनही रु ५०० सयका दरले प्रोतसाहन रकम बितरण गरेका थिए । निज बालबालिकाहरुलाइ प्रति महिना रु १०० का दरले स्टेस्नारी बापत सहयोग रकम ब्यवस्था गरिने पनि जनाएका छन । हाल कोटा गा.बि.समा कुनै पनि बालबालिका बिद्यालय बाहिर नरहेकाले, निःशुल्क तथा अनिबार्य आधारभूत शिक्षा लागु गरिएको गा.बि.स. घोषाणा गरेका हुन ।
उक्त कार्यक्रममा विभिन्न बाल कल्ब, युवा कल्ब आमा समुह र विद्यालयका साँस्कृतिक समुह हरुले शिक्षा मुलक विविध गित नृत्य प्रस्तुत गर्नुका साथै स्थानीय कौरा, झाम्रे नृत्य हरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि,समाजसेवी, शिक्षा प्रेमी महानुभावहरुको तर्फ बाट शुभकामना तथा कार्यक्रम प्रति प्रतिबधता ब्यक्त गरेका थिए ।
कार्यक्रम प्रति शुभकामना तथा प्रतिबधता जनाउनु हुने हरुमा, जिल्ला शिक्षा कार्यलय तनहु“का उपसचिब राम प्रसाद शर्मा, स्रोत ब्यक्ति टोप बहादुर कुवंर पार्वती उच्च मा.बि.का प्रचार्य टहलसिंह आले मगर, ने.का.पा.माओबादी तनहु जिल्ल्ला सचिबलयका सदस्य ठाकुर प्रसाद पनेरु, नेकापा एमाले जिल्ला सदस्य कर्ण बहादुर गुरुङ, अस्थाई शिक्षक आन्दोलन जिल्ला समिति तनहुका सदस्य खड्क बहादुर आले, नेपाल शिक्षक संघ तनहुका सदस्य कृष्ण खनाल, नेपाली कांग्रेस कोटा गाउँ समितिका सभापति खम्ब सिंह राना, लगायतका महानुभाबहरु थिए ।
उक्त कार्यक्रमको संचालन पार्वती उच्च मा.बि.का शिक्षक इन्द्रदेव तिवारीले गरेका थिए l
Email : khadkanews@gmail.com
