राजनैतिक समस्याको निकासका लागि संविधानसभा पुनःस्थापना उपयुक्त विकल्प : शेर्पा

Read Time:3 Minute, 0 Second

गोविन्द घर्ति रुपन्देही,

नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले वर्तमान राजनैतिक समस्याको निकासका लागि संविधानसभा पुनःस्थापना उपयुक्त विकल्प भएको बताउनु भयो । एकिकृत माओवादी, कांग्रेस र एमाले लगायतका ठुला दलहरु आफूहरु हार्ने डरले संविधानसभाको चुनावमा जान डराइरहेको बताउनु भयो ।  देशको निकासको शर्तसहित एक महिनाका लागि भएपनि संविधानसभा पुनःस्थापना  गर्नुपर्ने तर्क गर्नुभयो । एकिकृत माओवादीले बाहिर चुनावको कुरा गरेपनि चुनावमा गएमा कांग्रेस एमाले भन्दा पनि कमजोर हैसियत आउने डरले चुनाव गराउन नचाहेको दावी गर्नुभयो ।  संविधानसभा पुनःस्थापना  गर्नु अघि संविधानका विवादित विषयमा भने सवै पक्षसंग सहमति गर्नुपर्नेमा जोड दिनुभयो ।  नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा शेर्पाले राज्यसत्ताबाट उत्पीडनमा पारिएका आदिवासी जनजातिहरुको हक अधिकार स्थापित गर्न जनताबाट निर्वाचित संस्थाबाटै संविधान आउनुपर्नेमा जोड दिनुभयो ।  उहाले दलहरु बीच सहमति भन्दा असहमति र ध्रुविकरण बढ्दा पुर्व राजा ज्ञानेन्द्र सल्बलाउन थालेको, संघीयता, गणतन्त्र जस्ता उपलब्धीहरु धरापमा पर्न थालेको र राष्ट्रियता कमजोर भएको बताउनु भयो । देशलाई निकास दिन दलहरु बीच सहमति र सहकार्य आवश्यक रहेको औंल्याउंदैे जातीय पहिचानका लागि आफुहरु एमाले कांग्रेस र एमाओवादीबाट अलग्गिएर असोज १८ गते संघीय समाजवादी पार्टी घोषणा गर्न लागेको जानकारी गराउनुभयो । एकीकृत नेकपा माओवादीको विभाजनले जातीय पहिचान सहितको संघीयता भएको संविधान आउन
नसकेको चर्चा गर्दै उहांले प्रचण्ड, प्रधानमन्त्री भट्टराई, कांग्रेस एमाले उत्तिकै दोषि रहेको बताउनुभयो । जातीय पहिचान सहितको संघीयताले राष्ट्रियता र अखण्डता कमजोर नहुने शेर्पाको दावी थियो । कार्यक्रम अनिज रुपन्देहीका अध्यक्ष भीम गुरुङको अध्यक्षता, उपाध्यक्ष हिक्मत चौधरीको स्वागत र सचिव टेक मास्कीको संचालनमा सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %