उडेको २ मिनेटमै सीता एयर दुर्घटना १९ जनाको मृत्यु

Read Time:1 Minute, 22 Second

बोद बिक्रम थापा मगर,
काठमाण्डौबाट लुक्ला तर्फ आज बिहान ६:१५ (नेपालको समय ) उडेको सीता एयरको बिमान उडान भरेको २ मिनेटमानै भक्तपुरको मनोहरा खोलाको सुकुम्बासी टोल निजक खुल्ला चौरमा दुर्घटना भएको छ । १६ जना यात्रु  र चालक दलका ३ जना गरी १९ जना सबैको मृत्यु भएको छ । बिमानमा यात्रा गरेकाहरु मध्ये  स्वदेशी ६ जना र विदेशी १३ जना थिए । विमानको अधिकांशभाग आगोबाट क्षतिग्रस्त भएकोले यात्रीहरुको िनधन जलेर  भएको अनुमान गरिएको छ । बिमानमा केहि गडबडी देखिए पछि त्रिभुवन अन्तराष्ट्रीय विमान स्थल तर्फ फर्कनै क्रममा दुर्घटना हुनगएको हो ।चालक दलमा चालक बिजया तण्डुकर सहचालक ताकेशी थापा र परिचालिका रोजा शाक्य थिए । अधिकांश यात्रीहरु सगरमाथा बेस क्यम्पमा ट्रेकिड•को लागी गएको थिए । प्रत्यक्षदर्शीका अनुसार विमान अनियन्त्रीत जस्तो गतिमा नजिकिंदै आएको र दुर्घटना भएको बताउंछन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %