विभाजनको शिकार भोगेका मधेशवादी दलहरु एकतामा जुटेका छन् । दुई वटा फोरम र तराई लोकतान्त्रिक पार्टी बीच एकता प्रयास अन्तिम चरणमा पुगेको छ । महन्थ ठाकुरले अध्यक्षता गर्ने र उपेन्द्र यादव बरिष्ठ उपाध्यक्ष पदमा बस्न राजी भए पछि एकता प्रयास अगाडि बढेको हो । पार्टीको कार्य दिशा र पदाधिकारीको कार्य विभाजन महाधिवेशन पछि गर्ने गरि पार्टी एकता गर्ने सहमति भएको छ । तीन पार्टी एक भए लगतै अन्य मधेशवादी पार्टीलाई पनि एकताका लागि आह्वान गर्ने बताइएको छ । मधेशवादी पार्टी विभाजन पछि मधेशको मुद्धा पार्टीहरुले छोड्दै गएको र मधेशको मुद्धालाई स्थापित गर्न दहरो शक्तिको खाँचो परेकाले पार्टी एकता अगाडि बढाइएको नेता महन्थ ठाकुरले बताए ।
