संघीय परिषदको सातौं बैठक सम्पन्न

Read Time:1 Minute, 58 Second

गोविन्द घर्ति

राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषदको सातौं बैठक यही असोज ७ र ८ गते केन्द्रीय पार्टी कार्यालयमा सम्पन्न भएको छ । बैठकले मूलुकको वर्तमान राजनैतिक परिस्थितिको गंम्भीर समिक्षा गर्दै राजनैतिक निकासका लागि भावी हुने संविधान सभाको निर्वाचन नै एक मात्र विकल्प भएको निष्कर्ष निकालेको छ । यसको लागि दलीय सहमतिमा मार्ग प्रशस्त गरिनु पर्ने बैठकको माग रहेको छ । बैठकले दशौं राष्ट्रिय भेला यही–२०६९ यहि माघ १४, १५ र १६ गते बाँकेको नेपालगञ्ज–कोहलपुरमा गर्ने निर्णय गरेको छ । राष्ट्रिय भेला सम्पन्न गर्नका लागि उपाध्यक्ष केपी पालुङ्वाको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ । त्यस्तै गरी गत साउन २ गतेदेखि शुरु गरिएको राष्ट्रिय जनजागरण अभियान–२०६९ को दुई महिने समिक्षा गरिएको छ । बैठकले अभियान सन्तोषजनक रुपमा सञ्चालन हुन नसकेको ठहर गर्दै बाँकी रहेको समयावधीमा संघीय परिषद पदाधिकारी तथा सदस्यहरुलाई सशक्त रुपमा आ–आफ्नो कार्य क्षेत्रमा खट्नपार्टीले निर्देशित गरेको छ । बैठकले  उपमहासचिव ईन्द्रकला थापा प्रमुख रहने गरी केन्द्रीय आर्थिक विभाग गठन गरेको छ । बैठकले कालीकोटका मान बहादुर शाह र बाँकेका भीम बहादुर शाहीलाई पार्टीको संघीय परिषद सदस्यमा मनोनयन गरेको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %