स्विन्दनका मगर महिलाहरुले संस्कृति जगेर्ना गर्ने

Read Time:6 Minute, 37 Second

अनिता राना मगर, स्विन्दन, बेलायत
बेलायतमा नेपाली संगठनिक  परिवेशमा मगर महिला संघ स्विन्दन कुनै नौलो नाम होइन l २०१० मा स्थापना भएको मगर महिला संघ स्विन्दनले थुप्रै फड्को मारिसकेको छ र हाम्रा महिला दिदि बहिनिहरुले बिबिन्न कार्येक्रमहरु सम्पन्न गरेर अन्य संघ संस्थाहरुको तुलनामा एउटा बलियो  संगठनको रूपमा परिचित भई सकेको छ l यहाका महिलाहरुको अगुवाइमा मगरको भाषा र संस्कृति जगेर्ना गर्ने उदेस्य अनुरुप कौराह र सोरठिको जगेर्ना गर्न सुरु गरिएको छ l      

यसरी मगर महिला संघ स्विन्दनले आफ्नो सदस्य र कार्यकर्ताहरुको एकीकृत गोल्बद्द गर्दै मगरहरुको लोगो खुर्पेटोको झन्डा मुनि बस्दै गोल्बद्द तरिकाले लागि परेका छौ l बिगतमा मगर संघ  स्विन्दन, मगर संघ यु के को भात्रु संगठनको रूपमा चिनियता पनि यही भात्रु संगठनको मातहातबाट फेरी महिला संगठनको पनि जन्म हुन गएको छ र यसरी स्विन्दन मगर महिला संघले छोटो समयको बावजुत सङ्घमा लड्दै एक मत भएर पनि छिटो फड्को मारी सकेको छ र यसरी स्विन्दन मगर महिला संघका दिदिबहिनिहरुले आफ्नो जातीय पहिचान कसरि गर्ने र गराउने भन्ने एउटा मन भावना लिएर हिडी रहेका छन् l हरेक ठाउमा साखा समिति गठन हुनु पनि एउटा मगर संघलाई टेवा दिनु हो भन्ने  मेरो मान्यता हो l

महिलाहरुको पहिचान छुट्टै किन नहोश हाम्रो उदेश्य भनेको सम्पूर्ण मगर महिला तथा पुरुषहरुलाई आफ्नो जातिको हकहीत र भाषा संस्कृतिलाई अगाडी लग्नु पर्छ भन्ने मेरो भनाइ र मान्यता हो l
तर हामी जहाँ भएता पनि हामीहरु सुनौलो भविष्यको खोजीमा आफ्नो प्यारो देश नेपाललाइ केहि समयको लागि छाडेर विदेश हिडेका छौ l हामी मगर महिलाहरु यती लामो वर्षासम्म बाद्यताले  भन्नु  या बिवस्ताले भन्नु सब्बैमा अबगत भएको कुरा हो तेही पनि आफ्नो व्यक्तिगत जीवन संसंगै आफ्नो  भविष्यको लागि खोजि गर्दै जिन्दगीको मुहान खोज्न थाल्यौ l अधिकांन्स मगरहरु जनजातिहरुको  मनोभावना समय अनुकुल एकिकृत हुदै  केहि धेरै कुराहरु सिक्दै गयौ l हामी बिदेशमा भए पनि अवास्यकता एउटाई हो भन्ने जस्ता कुराहरुले गर्दा फेरी मेरो मनमा असार सावनको भेल जस्तै गरि सामाजिक कामहरु तिर उर्लन थाल्यो र यसै सिलसिलामा बेलायतमा आएर रोजगारीको सिलसिलामा  झिसमिसे बिहानीमा घरबाट निस्की दिनभरको कडा परिश्रम पश्चात साझ अबेर फर्कनु पर्ने बेलायतमा  जेलिएका हामी महिलाहरुको भावनाहरुलाई कसरि कदर गर्नु पर्ने साथै आफ्नो जिम्मेवारीहरु कसरि निभाउने भन्ने प्रश्नमा केन्द्रित भई मेरो मानमा हलचल मची रहन्थियो l तेसै कारणले आज आएर हाम्रा  मगर महिला समाज चाहे आफ्नो नेपालमा होश वा पराइ मुलुकमा होश आफ्नै जातीय उठानमा अझै  पनि चेतनाको भावना अभाव भएको मलाई महसुश भईरहेको जस्तो लागि रहेको छ l
         यसरि नै आचल भित्रको मनलाई केलाउदै यहाँसम्म आई पुग्दा पनि आफ्नै गतिमा घडीको स्विच जस्तै घुमी रहेको मेरो मस्तिस्कमा विविन्न बिचारहरु बटुल्दै तर्कबितर्कहरु गर्दै आफ्नै जातिको मोहले नै मलाई अत्ति नै तान्यो l बेलायतको परिबेशमा पाच बर्षको प्रभाश संघि आफ्नो मगर जातिको तमाम  सुबचिन्तकहरु मध्यमा पनि भएको हुनाले मगरहरुको परमपरा गत भेषभुषा भाषा एबम संस्कृतिको  जागरण गर्नुको साथै सुनौलो भविष्यको परिकल्पना गर्दै आ-आफ्नो भाग्य रेखा कोर्न आएका दाजु भाई तथा दिदिबहिनिहरुले जातिय उत्थान र बिकाशको भावना जागरण गर्न वा गराउनु पर्छ भन्ने एउटा मनोभावना तालको लहर चाई मेरो मनमा  छचल्किन थाल्यो l
           साचिकै भन्नु पर्दा खेरि आ-आफ्नो परिवार मात्र भएर पुग्दैन जस्तो मलाई लाग्छ l आफ्नै गाउठाउमा बस्दा वा समाज सेवा बिना अहिलेको परिवेशमा जीवन गुजारा गर्न गार्हो हुन्छ l हामी  बिदेशिएका महिला वा पुरुषहरुको लागि समाजको अत्तिनै अवास्यकता पर्दछ तेसै कारणले अहिले बेलायतमा सयौ संघसंस्थाहरु स्थापित भएका छन् र यिनै संघसंस्थाहरु आफ्नै धर्म  संस्कार रितिरिवाज भेषभुशालाई अंगाल्दै अगाडी बढी रहेका छन् l तेसै कारणले अबका दिनहरुमा सम्पूर्ण मगर बन्धुहरुलाई आफ्नै जातीयको बिकाश जातीय संस्कृति सम्बृदी गर्न तिर उन्मुख हुदै अबका दिनहरुमा हामी मगर महिलाहरु जातीय अवास्यकताहरुलाई अंगाल्दै अगाडी बढ्नु पर्दछ  भन्ने  मान्यतालाई साथ लिएर हिड्नु पर्छ भन्ने म मगर महिला भएको नाताले अनुरोध गर्दै गएका दिनहरुमा  भन्दा अब आउने दिनहरुमा जोशिलो भई आत्मविश्वास र मगर महिलाहरुले आत्मबलको साथ  हिक्मत लिएर अगाडी बढ्न जातीय एकताको कामना गर्दछु l

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %