पहिचान सहितको संघीयता विषयक अन्र्तक्रिया कार्यक्रममा

Read Time:2 Minute, 6 Second

गेबिन्द घर्ति देबदह असोज ६ । ठूला दलका नेताहरुको राजनैतिक बेईमानीका कारण देश संविधान बिहिन भएको राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य दल बहादुर विरकट्टाले बताउनु भएको छ । राष्ट्रिय युवा मोर्चा रुपन्देहीले बुटवलमा आयोजना गरेको नेपालमा पहिचान सहितको संघीयता विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उहाले सो कुरा बताउनु भएको हो ।  उहाले एकात्मक राज्य प्राणलीका कारण आदिवासी जनजातिहरु हक र अधिकारबाट वन्चित हुनु परेको बताउनु भयो । देश अहिले संक्रमण अवस्थामा रहेको र देशलाई सही दिशा तर्फ लैजान युवाहरु लाग्नु पर्नेमा उहाले जोड दिनु भयो । विरकट्टाले जेठ १४ गते सम्म भएको उपलव्धीहरुलाई संस्थागत गर्दै वाकी विवादीत विषयहरुमा दलहरु वीच सहमति गरी पहिचान सहितको संघीयतामा जानु पर्नेमा जोड दिनु भयो । सोही अवसरमा बोल्दै राष्ट्रिय युवा मोर्चाका महासचिव सुन्दर गुरुङ्गले जातीय पहिचान सहितको संघीयताका वारेमा गाउँ गाउँ सम्म वहस चलाउनु पर्ने बताउनु भयो ।  राष्ट्रिय युवा मोर्चा रुपन्देहीका जिल्ला अध्यक्ष दल बहादुर थापाको अध्यक्षता र सचिव यशोदा थापाको संचालनमा भएको कार्यक्रममा युवा संघ नेपालका जिल्ला अध्यक्ष सरिता श्रीस, वाईसीएल अवध राज्य समिति सदस्य सुमन अधकिारी, अखिल नेपाल राष्ट्रिय युवक संघका वावुराम आर्चाय लगायतले बोल्नु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %