संघीयतावादी मोर्चाले जनप्रदर्शन गर्ने

Read Time:1 Minute, 19 Second

माओवादी नेतृत्वमा गठन भएको संघीयतावादी मोर्चाले संघीयताको बारेमा आफ्नो धारणा सार्वजनिक गर्न देशव्यापी जनप्रर्दशन गर्ने भएको छ । शनिबार बसेको मोर्चाको  वैठकले देशका प्रमुख शहरमा जनप्रर्दशन गर्ने निर्णय गरेको हो । असोज १७ मा विराटनगर, १९ असोजमा जनकपुर, २१ असोजमा नेपालगञ्ज, २३ असोजमा पोखरा र २६ असोजमा काठमाडौंमा विशाल जनप्रर्दशन गर्ने निर्णय मोर्चाले गरेको छ । संघीयतावादी गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहका अनुसार जनप्रर्दशन सम्पन्न गर्न छुट्टै समिति समेत गठन गरिने छ । संघीयताको बारेमा मोर्चाको आधिकारीक धारणा सार्वजनिक गर्नु जनप्रर्दशनको मुख्य उदेश्य रहेको सिंहले बताए । सरकारको नेतृत्वमा राजनीतिक दलहरुबीच सहमति जुट्न नसकिरहेको बेला अगामी निर्वाचनको सरकार समेत यही सरकारले नेतृत्व गर्नु पर्ने मोर्चाले निर्णय गरेको छ ।

(राज्यसत्ता नेपाल व्युरो )

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %