आदिवासी जनजातिका लागि बैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण

Read Time:2 Minute, 55 Second

हुम तमु, पोखरा, ५ असोज
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कास्कीले आज पोखरामा  आदिवासी जनजातिका लागि बैदेशिक रोजगार सम्बन्धी एक दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले राज्यको विभेदकै कारण आदिवासी जनजातिहरुले विदेशमा लाहुरेको नाम होस या बैदेशिक रोजगारीमा होस तेश्रो दर्जाको नागरिकको जीवन भोग्नुपरेको आरोप लगाउनु भयो । बैदेशिक रोजगारीका कारण पारिवारिक, सामाजिक, साँस्कृतिक सम्वन्ध र मौलिक सँस्कृति परम्परा लोप हुदै गएको दावी गर्नुभयो ।
शेर्पाले अव स्वदेशमै पसिना बगाउनुपर्दछ भन्नुहुदै यस तमुवान प्रदेशलाई अमेरिका, जापान, सिंगापुर, स्विजरलैण्ड जस्तै विकासित बताउनुपर्नेमा जोड दिनुभयो ।
आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा सहयोगी संस्था जिल्ला विकास समिति कास्कीका योजना अधिकृत निशानराज गौतम, बैदेशिक रोजगारीबाट फर्केका कृष्ण तामाङले बैदेशिक रोजगारीको सकरात्मक र नकरात्मक पक्ष, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पुर्व सदस्य सचिव लोकबहादुर थापा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीका अध्यक्ष ज्योति भट्टचन, दिपक तामाङ, पुर्णबहादुर रानामगर, पुर्ण ह्योल्मो लगायतले बैदेशिक रोजगारीले आदिवासी जनजातिलाई पारेको प्रभाववारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैगरी आज नै आदिवासी जनजाति महासंघ कास्कीले कास्कीका आदिवासी जनजातिका अगुवाहरुलाई प्रशिक्षण सम्पन्न गरेको छ । कार्यक्रममा महासंघका केन्द्रीय महासचिव आङकाजी शेर्पाले आदिवासी जनजातिको पहिचान स्थापित नभए बन्दुक उठाउन समेत तयार रहन आग्रह गर्नुभयो । एमाओवादी पनि पहिचानको विषयमा क्रमश पछि हट्दै गएको भन्दै खवरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %