ङ्योए तमु धिं भवनका लागि धिं चलचित्रबाट १ लाख सहयोग

Read Time:1 Minute, 38 Second

हुम तमु, पोखरा, ३ असोज

लेखनाथ भण्डारढिकमा निर्माणधीन ङ्योए तमु धिं भवन निर्माणका लागि अभियान फिल्मस् प्रोडक्सन प्रालिले एक लाख रुपैया सहयोग प्रदान गरेको छ ।

ङ्योए तमु धिंमा आयोजित एक कार्यक्रममा अभियान फिल्मस् प्रोडक्सनका निर्माता निर्देशक वरिष्ठ चलचित्रकर्मी लोकबहादुर तमुले ङ्योए तमु धिंका अध्यक्ष जंगबहादुर तमुलाई उक्त सहयोग रकम हस्तातन्तरण गर्नुभएको हो ।

अभियान फिल्मस्को छैठौं प्रस्तुति धिं(घर) चलचित्र शनिवार ङ्योए तमु धिं लेखनाथमा प्रर्दशन गरी निर्माणधीन भवनका लागि सहयोग गरेको हो । ङ्योए तमु धिंको व्यवस्थापनमा चलचित्र दुइ शो प्रदर्शन गरी वचत रकम तमु धिं निर्माणका लागि सहयोग गरेको अभियान फिल्मस्का अर्का निर्माता निर्देशक बेदबहादुर तमु(श्याम)ले जानकारी दिनुभयो ।

चलचित्र निर्माण समाज कै अभिन्न अंग भएकाले हाम्रो छैठौं चलचित्र धिं(घर) प्रदर्शन गरी लेखनाथवासीको साझा घर ङ्योए तमु धिं भवन निर्माणका लागि सहयोग गर्न पाउदा आफु अत्यन्त खुशी भएको निर्माता निर्देशक लोकबहादुर तमुको बताउनुभयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %