पुनःस्थापनामा सहमति नबने पछि निर्वाचनमा जाने दलहरुको निर्णय

Read Time:2 Minute, 6 Second

संघीयताको विषयमा दलहरु बीच सहमति नहुदा अवसान हुन पुगेको संविधानसभा त्यही विषयमा सहमति नजुटदा पुर्नजिवित हुने कुरा पर धकेलिएको छ । राजनीतिक दलहरुबीच संघीयतामा प्रदेश र नामाङकनमा सहमति कायम नहुदा संविधानसभाको पुनःस्थापना सट्टा निर्वाचनमा जान दलहरु राजी बनेका हुन् । बुधवार प्रमुख प्रतिपक्ष दल कांग्रेस, एमाले सहित सत्तारुढ दलसंग भएको बैठकमा दलहरु बीच निर्वाचनमा जाने कुरामा सहमति कायम भएको नेपाली कांग्रेसका नेता रामचन्द्र पौड्यालले बताए । राष्ट्रपति डा. रामवरण यादवले दलहरुलाई छिटो सहमति गर्न दवाब दिएको दुई दिन पछि राजनीतिक दलहरु निर्वाचनमा जान सहमति गरेका हुन् । निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयमा पुनः बैठक बसेर टुंग्याउने स्रोतले बतायो । स्रोतका अनुसार अगामी चैत्र महिनामा संविधानसभाको निर्वाचन गर्ने मिति तोकिने र त्यस पछि सहमतिको सरकार गठन गरि निर्वाचनका लागि आवश्यक पर्ने ऐन नियम संशोधन गर्ने काम अगाडि बढ्ने छ । संविधानसभाबाट संविधान जारी गर्न नसकेका कारण जनता माझ गिरेको साख र राजनीतिक दलप्रति जनताको बढ्दो अविश्वासका कारण निर्वाचन देखि तर्सिएका राजनीतिक दलहरुका लागि निर्वाचन राजनीतिको कठीन यात्रा त हुन्छ नै अहिलेका विवादित विषय संविधानसभाबाट पुनः छिनोफानो गरि संविधान जारी गर्न पनि फलामको च्युरा चपाउँनु सरह हुने छ ।
(राज्यसत्ता नेपाल व्युरो)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %