हुम तमु, पोखरा, २८ भदौ
प्याब्सन कास्कीको वार्षिक कार्यक्रम अन्तरगत आज सम्पन्न माध्यमिक स्तरिय अग्रेंजी वक्तृत्वकला प्रतियोगितामा नेपाल आदर्श उच्चमावि भण्डारढिकका अमृत सागर बगाले प्रथम भएका छन ।
प्रतियोगितामा पोखरा एकेडेमीका पवन खड्का द्धितिय, मदरल्याण्ड उच्चमाविका समिक्षा पौडेल तृतिय, स्टेपवाई स्टेपका ऋतु गुरुङ र न्यु मुनलाइटका रोशनी सापकोटा सान्त्वना हुदै पुरस्कृत भएका छन ।
प्याब्सन कास्कीको सभाहलमा भएको कार्यक्रममा ५२ विद्यालयका प्रतियोगीले प्रतिस्प्रर्धा गरेका थिए ।
कार्यक्रम संयोजक राम गुरुङको अध्यक्षता र प्याब्सन कास्कीका अध्यक्ष निदेशप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
अग्रेंजी वक्तृत्व कलामा अमृत प्रथम
Read Time:1 Minute, 8 Second
