ज्ञानेन्द्रको स्वागतका लागि संयोजक बनेका गणेशबहादुर गुरुङलाई सच्चिन सुझाव

Read Time:5 Minute, 38 Second

हुम तमु, पोखरा, २८ भदौ
तमुवान युथ भोलिन्टियर्स कास्कीले शिक्षाविद गणेशबहादुर गुरुङलाई पुर्वराजा ज्ञानेन्द्र शाहको धार्मिक भ्रमणको स्वागत समितिको संयोजकको जिम्मेवारी बहन नगर्न आग्रह गरेको छ ।
पुर्वराजा शाहले यही असोज ४ गतेदेखि १० गतेसम्म गण्डकी धवलागिरी अञ्चलमा रहेको धार्मिकस्थलहरुको भ्रमण, पुजा आजा र दर्शनका लागि शिक्षाविद गणेशबहादुर गुरुङको संयोजकत्वमा स्वागत समिति गठन भएको चर्चासँगै आज विहान भोलिन्टियर्सका कास्की अध्यक्ष कृष्णकुमार तमुको अगुवाईको एक टोलीले यस्तो आग्रह गरेको हो ।
पुर्वराजाको भ्रमण धार्मिक हो भने विश्वहिन्दु महासंघ, राजनितिक हो भने उनी निकटको राजनितिक पार्टीकै नेताको अगुवाईमा समिति गठन हुनुपर्नेमा संघीयताका विरुद्ध, तमुवानको विरोधमा, धर्म निरपेक्षताको विरुद्ध र समग्र पहिचान पक्षधर तमुहरुकै विरुद्ध  शिक्षाविद गुरुङलाई प्रयोग गरेको भन्दै उक्त टोलीले आपत्ति जनाएको हो ।
सामाजिक न्यायको आन्दोलनमा रहेको, राजनितिक अधिकारका लागि आन्दोलित तमुहरुलाई भ्रमित बनाउदै पुर्व राजाको स्वागतको नेतृत्व नै गर्ने हो भने हुनसक्ने सम्पुर्ण घटनाको सामना गर्न समेत तयार रहन चेतावनी समेत भोलिन्टियर्सहरुले दिएकाछन ।
अरु क्षेत्रमा धार्मिक भ्रमण गर्दा हिन्दु महासंघले सबै नेतृत्व गर्ने तमुवानमा गणेशबहादुर गुरुङ, नारायण गुरुङ, विष्णुदेवी गुरुङहरुलाई अगाडि सारेर तमुवानको आन्दोलनलाई नै अपमानित बनाउन षडयन्त्रमुलक ढंगबाट गठित समितिको संयोजकको जिम्मेवारीबाट पछि नहटे गुरुङ भनेर सद्भाव राख्न नसकिने चेतावनी दिए ।
धार्मिक भ्रमणको नाउमा धर्म निरपेक्षता विरोधी, संघीयता विरोधी, जातिय विरोधी, तमुवान विरोधी कुनैपनि गतिविधी गर्नेलाई हामी ठोक्छौं, त्यसको सामना गर्न तयार रहन चुनौती दिएकाछन ।
समितिको संयोजकमा उम्कन खोजे पनि विगतमा राजपरिषदको सदस्य भएको हैसियतले जवरजस्त संयोजक बनाएको शिक्षाविद गणेशबहादुर गुरुङले बताउनुहुदै साथीहरुले ताली बजाएपछि विगतको सजिलो अवस्था मात्रै होइन अहिले अप्ठ्यारो अवस्थामा पनि नैतिकता देखाएको भन्न समेत चुक्नुभएन । मान्छे धेरै अवसरबादी हुन्छन, अहिले मेरो स्वास्थ्य अवस्था ठिक छैन भन्दा भन्दै अरु सबैले लत छाडेर मलाइ नै ठडाए, उहाँको भनाइ थियो । धार्मिक भ्रमण भएकाले धार्मिक संघ संस्थाहरुले नै संयोजन गर्नुपर्ने, मलाई संयोजकको जिम्मेवारीको कुरा उठाउदा, संयोजक होइन सल्लाहकारमा राख्न आग्रह गर्दा पनि संयोजक नै बनाएको बताउनुभयो ।
उहाँले मुलुक संघीयतामा प्रवेश गर्दा तमुवान कै पक्षमा आफु रहेको र तमुवानको हरेक आन्दोलनमा विगतदेखि सहभागी भइरहेको बताउनुहुदै, आफु संयोजकमै रहेपनि नरहे पनि ज्ञानेन्द्रको आगमनको बेला तमुवान विरोधी कुनै गतिविधी हुन नदिन पहल गर्ने गुरुङको भनाइ थियो । गुरुङले अहिलेको राजनितिक दलका नेताहरु भन्दा पुर्व राजा ज्ञानेन्द्र राष्ट्रवादी भएको दावी समेत गर्नुभयो ।
यसैगरी तमु धिं नेपालका सल्लाहकार प्रमुख समेत रहेका गणेशबहादुर गुरुङलाई आज तमु धिं नेपालले आपनकालित बैठक आव्हान गरी नागरिक बनिसकेका जनताबाट तिरस्कृत ज्ञानेन्द्रको स्वागत समितिको संयोजकबाट राजिनामा दिन आग्रह गरिएको छ ।
पहिचानको पक्षमा संस्थागत निर्णय नै गरी आन्दोलनमा रहेको तमु धिंको बैठकमा उपस्थित पदाधिकारी, कार्यसमिति, सल्लाहकार सदस्यहरु र युवा तथा विद्यार्थी समितिले ज्ञानेन्द्रको स्वागत गरेर समुदाय र सामुदायिक आन्दोलनलाई अपमानित नगर्न आग्रह गरेका हुन ।
बैठकपछि तमु धिं नेपालका महासचिव देविराज तमुले भन्नुभयो, सल्लाहकार अध्यक्ष भएका कारण हामीले एकपटक सोच्न आग्रह गरेका छौं, लामो समयदेखि सामुदायिक हितका पक्षमा रहनु भएका अगुवाले विचार पुर्याउनु हुनेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %