माओवादी लडाकूलाई नेपाली सेनामा समायोजन गर्ने क्रममा समायोजन रोज्ने लडाकूको संख्या क्रमिक रुपमा घटिरहेको छ ।
सेना समायोजनको क्रममा सेनामा माओवादी लडाकूहरु जान नचाहेर स्वइच्छिक अवकाश रोजेकाले समायोजनमा जाने लडाकूको संख्या घटेको हो । समायोजन रोजेका ३ हजार, १ सय २३ मध्ये १ हजार ४ सय ६१ लडाकू स्वइच्छिक अवकासमा जाने भएका छन् ।
इलाम, सिन्धुली, चितवन, नवलपरासी, सुर्खेत र कैलालीमा गरि स्वइच्छिक अवकास रोजेका ४९० जना माओवादी लडाकूको विदाई भैसकेको र रोल्पाको विवरण आइनसकेको सेना समायोजन सचिवालयले जनाएको छ । अवकासमा जाने लडाकूहरुलाई सरकारले उनीहरुको तहअनुसार ५ देखि ८ लाख रुपैयाँ एकमुष्ट र बाटो खर्च समेत प्रदान गरि विदाइ गरेको छ । समायोजन अन्तर्गत अहिले एक सय लडाकूले अधिकृत र एक हजार ५ सय ६२ जनाले सहायक तहमा फारम भरेका छन् ।
(राज्यसत्ता नेपाल व्युरो )
समायोजनमा जाने लडाकूको संख्या घट्यो
Read Time:1 Minute, 21 Second
