गोविन्द घर्ति देवदह २१ भदौ, रुपन्देहीको देवदह खैरेनीमा लागुऔषध सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बुटवल देखि काठमाडौ जादै गर्दा सुराकीको आधारमा लागु औषध सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका ३५ निवासी वर्ष १८ का रेशमा थापा र छेदेन लामालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट नाईट्रोसन चक्की ५० पिस, नुफिन सुई ३८ पिस, पिनारगन सुई ३८ पिस र हाईजिप सुई ३८ पिस रहेको देवदह प्रहरी चौकीले जनाएको छ । थप कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय बुटवल पठाएको देवदह प्रहरी चौकीका प्रमुख लिला बहादुर कार्कीले बताउनु भयो । पक्राउ परेका दुवै जनाले लागु औषध प्रयोग गरेको अवस्थामा रहेको छ । उनीहरु संग रहेको पेम्वा लामा भने फरार रहेको प्रहरीले जनाएको छ ।
लागुऔषध सहित दुईजना पक्राउ
Read Time:1 Minute, 15 Second
