गण्डक सहयोग समाजले विद्यार्थीलाई १ लाख ३५ हजार सहयोग गर्यो

Read Time:2 Minute, 30 Second

हुम तमु, पोखरा, १६ भदौ, गण्डक सहयोग समाज नेपालले आज एक कार्यक्रम आयोजना गरी गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति सहयोग र तिन महिने कम्प्युटर तालिम सम्पन्न गरेका विद्यार्थीलाई प्रमाण पत्र वितरण गरेको छ ।
कास्की, स्याङ्जा, पर्वत, तनहुँका विभिन्न विद्यालयमा कक्षा ३ देखि ८ सम्म अध्ययरनरत दश जना विद्यार्थीलाई जनही ३ हजार र कक्षा ९ देखि दशजोड दुइ अध्ययनरत २१ विद्यार्थीलाई जनही ५ हजारका दरले गरी  कुल १ लाख ३५ हजार छात्रवृत्ति सहयोग वितरण गरेको हो । 
यसैगरी सहयोग समाजले प्रदान गरेको तिनमहिने ग्राफिक्स डिजाइन कम्प्युटर डिप्लोमा तालिमका सहभागी २० जनालाई प्रमाणपत्र वितरण गरिएको थियो ।
विद्यार्थीहरुलाई समाजका अध्यक्ष तुलबहादुर तमु, महासचिव श्रीनाथ बराल, एमाले कास्की उपाध्यक्ष लिलाधर पौडेल, एमाले नेतृ सीता गिरी, जिफण्टका केन्द्रय उपाध्यक्ष इश्वर आचार्य, समाजसेवी यमबहादुर तमु, समाजका सल्लाहकार महेन्द्र रिमाल, खड्ग सुवेदीले छात्रवृत्ति सहयोग र कम्प्युटर तालिमको प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
सहयोग समाजका महासचिव श्रीनाथ बरालको अध्यक्षता र समाजका अध्यक्ष तुलबहादुर तमुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा छात्रवृत्ति प्राप्त सीमा नेपाली र कम्प्युटर तालिम प्राप्त रोमाकान्त पोखरेल, नेकपा एमालेका केन्द्रीय सदस्य चुडामणी जंगली, एमाले नेर्त सीता गिरी, जिफण्टका केन्द्रीय उपाध्यक्ष इश्वर आचार्य, अनिज कास्कीका अध्यक्ष हुमबहादुर तमु, विजयबाबु बनवासी, कृष्ण बहादुर नेपाली, प्रकाश सिग्देल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %