गोविन्द घर्ति रुपन्देही ९ भद्रौ । राष्ट्रिय जनमुक्ति पार्टी समर्पित राष्ट्रिय भुपु सैनिक संगठन रुद्रपुर गाउँ समिति भेला सम्पन्न भएको छ । भेलाले प्रेम रोकाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा टुल बहादुर रोका, सचिवमा शेरसिं राना, सहसचिवमा प्रेम बहादुर बलाल र कोषाध्यक्षमा लाल बहादुर दलार्मी रहनु भएको छ । अन्य सदस्यहरुमा बुद्ध दर्लामी, दिल बहादुर थापा, दिनेश गुरुङ्ग, नारायण थापा, पदम लाल काउछा, लाल बहादुर बलाल हरनु भएको छ । भेलामा पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङ्गले वर्तमान राजनैतिक अवस्था र पार्टीको सिद्धान्तको वारेमा पैष्ट पार्नु भएको थियो ।
राष्ट्रिय भुपु सैनिक संगठन रुद्रपुरमा रोका
Read Time:1 Minute, 6 Second
