गोविन्द घर्ति, रुपन्देही शैक्षिक विकास र सांस्कृतिक जागरण विना समाजको उत्थान हुन नसक्ने देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । रुपन्देहीको देवदहमा खेंमाँ तमु छोंज धी र तमु युवा छोज धीको संयुक्त आयोजनमा भएको उत्कृष्ट तुम विद्यार्थी सम्मान तथा बृहत तमु सांस्कृतिक कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्दै तमु ह्युल छोज धी केन्द्रीय समितिका संरक्षक परिषद सदस्य टेक बहादुर गुरुङ्गले जातीय उत्थानका कुरा गर्दा जातीय विभेद ल्याउने खालको व्यहार गर्न नहुनेमा जोड दिनु भयो । सो अवसरमा बोल्दै तमु ह्युल छोज धीका पूर्व केन्द्रीय सचिव भिम तमुले शैक्षिक विकासले मात्र समाजको विकास हुने हुदा अवका विद्यार्थीहरुले पढाईलाई विशेष ध्यान दिनु पर्ने बताउनु भयो । खेमा तमु छोंज धी देवदहका अध्यक्ष थमन तमुको अध्यक्षता, तमु युवा छोंज धीका अध्यक्ष चेत बहादुर तमुको स्वागत र रिता तमु, अस्मिता तमुको संचालमा भएको कार्यक्रममा तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद रुपन्देहीका अध्यक्ष चन्द्र बहादुर तमु, तमु विद्यार्थी छोंज धीका राष्ट्रिय परिषद सदस्य कुसुम तमु, रेडियो देवदहका स्टेशन म्यानजेर यम राना, ईप्सा रुपन्देहीका सचिव राम बहादुर तमु, नेपाल मगर संघ देवदहका सल्लाहकार दलबहादुर पाईजा, देवदह प्रहरी चौकीका प्रमुख लिला बहादुर कार्की, धन बहादुर तमु लगायतले बोल्दै भाषा, संस्कार, संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्न एकजुट भएर लाग्नु पर्नेमा जोड दिइएको थियो । सो अवसरमा २०६८ सालको प्रवेशिका एसएलसी ) परीक्षामा पास भएका ५० जना भन्दा बढि तमु विद्यार्थीहरुलाई प्रमाणपत्र र मायाको चिनोले सम्मान गरिएको थियो ।
तमु छोंज धी र तमु युवा छोज धीको संयुक्त आयोजनमा उत्कृष्ट तुम विद्यार्थी सम्मानीत
Read Time:2 Minute, 41 Second
