मेजर खुशीमान संग ल्हेगे परीवारको भेटघाट

Read Time:2 Minute, 42 Second

देवीजंग तमु, पोखरा, भाद ४, उतरपुर्वी ल्हेगे परीवार समाज कास्कीले सोमवार एक समारोहवीच युकेबाट आउनुभएका गोर्खा मेजर खुशीमान ल्हेगे तमुलाई स्वागत गर्नुको साथै उहाँ र ल्हेगे परीवारवीच परिचयात्मक कार्यक्रम सम्पन्न गर्यो । तमु प्ये ल्हु संघ शक्तिघाटको प्राङ्गणमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा मेजर खुशीमान ल्हेगे तमुले ल्हेगे परीवारले आफ्नो संस्कार, संस्कृति र धर्मप्रति सक्रिय भई लागेको भनी खुःशी व्यक्त गर्दै युकेमा गएर आफुले परीवारको वारेमा कुरा गर्ने र युकेबाट सक्दो सहयोग गर्ने वताउनुभयो । युकेमा अहिले हामी ल्हेगे परीवारहरु आधिकारिक रुपमा ५७ घर संगठित भइसकेको छ । “म जानेवित्तिकै यहाँको गतिविधीबारे उहाँहरुसंग कुरा गर्छु र त्यहाँबाट सक्दो सहयोग गर्नेछौँ ”उहाँले भन्नुभयो । श्रीमती मञ्जु तमुसंगै आउनुभएका मेजर गुरुङ्गले ल्हेगे परीवारले संचालन गरीरहेको खेगी पच्यु तालिम अगामी दिनहरुमा पनि निरन्तरता हुनुपर्ने वताउनुभयो । परीवारका प्ये छ्या संकलन संयोजक हनरी कप्तान बिर वहादुर ल्हेगे तमुले परीवारले विगत दर्इ तिन वर्षदेखि लिखित प्ये छ्या संकलनमा लागीरहेको वताउदै पछिल्लोपटक आर्थिक समस्याले छ्याई प्रकाशनमा केही ढिलासुस्ती भएको दुखेसो पोख्नुभयो । त्यसैगरी पच्यु चिवा एवम् खेगी पच्यु तालिमका प्रशिक्षक वेल वहादुर ल्हेगे तमुले श्रावण अन्तिमबाट संचालित खेगी पच्यु तालिममा युवाहरुको उत्साहजनक सहभागिता रहेको वताउदै ल्हेगे युवाहरुले १ महिने अवधिभर पच्यु सम्वन्धि आधारभूत ज्ञान हासिल गर्नसकिने विश्वास व्यक्त गर्नुभयो । परीवारका प्ये छ्या संकलन संयोजक गगनसिं ल्हेगे तमुको अध्यक्षतामा भएको कार्यक्रमलाई युवा चोक वहादुर ल्हेग तमुले संचालन गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %