बुटवलमा लुम्विनी राज्यसमिति स्तरीय बृहत भेला हुने

Read Time:2 Minute, 39 Second

गोविन्द घर्ति रुपन्देही भद्रौ ४, राष्ट्रिय जनमुक्ति पार्टी लुम्विनी राज्यसमितिको बैठक रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । पार्टीका महासचिव केशव सर्यवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले पार्टी द्धारा संचालित राष्ट्रिय जनजागरण अभियान–०६९ अन्र्तगत रुपन्देही, नवलपरासी र कपिलवस्तुमा सर्वदलीय, सर्वपक्षीय अन्र्तसम्वाद कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ । भद्रौ ३० गते रुपन्देहीको बुटवलमा लुम्विनी राज्यसमिति स्तरीय बृहत भेला सम्पन्न गर्ने निर्णय गरेको सचिव तिल बहादुर झेडीले बताउनु भयो । बैठकले राष्ट्रिय दलित मोर्चाका केन्द्रीय सदस्य श्याम परियारलाई लुम्विनी राज्य परिषदको संगठन सचिवमा मनोनयन गरेको छ । लुम्विनी राज्य परिषद समिति भित्र पर्ने रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लामा पार्टीको भातृ संगठन ०६९ कार्तिक सम्म निर्माण गर्ने निर्णय गरेको सो पार्टीले जनाएको छ । लुम्विनी राज्य परिषदका अध्यक्ष नगेन्द्र प्रसाद थारुको अध्यक्षता र सचिव तिल बहादुर झेडीको संचालनमा सम्पन्न भएको बैठकमा पार्टीका स्थायी समिति सदस्य रामु परियार लगायतले बोल्नु भएको थियो ।

त्यसै गरी राष्ट्रिय जनमुक्ति पार्टी कपिलवस्तुको बोडगाउँमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता वीच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । पार्टीका जिल्ला अध्यक्ष राम
बहादुर रासकोटीको अध्यक्षता र पार्टीका स्थायी समिति सदस्य रामु परियारको प्रमुख आतिथ्यतामा भएको अन्र्तक्रिया कार्यक्रमले यही भद्रौ २३ गते बृहत प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ । पार्टीको भातृसंगठन पनि सोही दिन गठन गनेर्् पनि निर्णय गरेको पार्टीका उपाध्यक्ष चोपलाल राहुलले बताउनु भयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %