हुम तमु, पोखरा, १ भदौ, पोखराको छिनेडाँडामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य थाल्नको लागि दवाव दिन भदौ ३ गते विमानस्थल सरोकार समितिले आयोजना गरेको दवाव मुलक र्यालीमा कास्कीका आदिवासी जनजातिको बृहत सहभागीता रहने भएको छ ।
आज तमु धिं नेपाल नयाँ बजारमा आयोजित आदिवासी जनजातिको भेलाले दवाव विना पोखरामा विमानस्थलको निर्माण नहुने भन्दै विमानस्थल सरोकार समितिले भदौ ३ गते गरेको बन्द आव्हानलाई सफल र दवावमुलक र्यालीमा मौलिक झाँकीसहित सहभागी हुने निर्णय गरेको हो ।
तमु धिं नेपालका अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा क्षेत्रिय अन्र्तराष्ट्रिय विमानस्थल सरोकार समितिका सचिवालय सदस्य विश्वशंकर पालिखे, विश्वप्रकाश लामिछाने, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती, तमु धिं नेपालका अध्यक्ष देवीराज तमु लगायतले विमानस्थलको आवाश्यकता र विमानस्थलन निर्माणमा भइरहेको अवरोधका बारेमा चर्चा गर्नुभएको थियो ।
भेलामा कास्कीका आदिवासी जनजाति संघ संस्था, तमु धिं नेपालका अन्र्तगतका क्षेत्रिय तमु समाजका अध्यक्षहरु, तमुवान युथ भोलिन्टियर्स, तमुवान संघर्ष समिति कास्की, विद्यार्थी संगठनका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
