राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य कर्ण सुनारीले आदिवासी जनजातिको २२ वर्ष पुरानो पार्टी भएकाले नयाँ खोलीरहनु नपर्ने बताएका छन् । पार्टीको जागरण अभियान अन्तर्गत तनहुँमा साउन २७ गते आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सुनारीले यस्तो धारणा राखेका हुन ।
जनमुक्ति पार्टी स्थापना भएयता जनजातिले खोलेक धेरै पार्टीहरु अहिले अस्तित्वहिन भईसकेको नेता सुनारीले बताए । २०४८ साल यताका सबै निर्वाचनमा भाग लिएको जनजाति आधारित पार्टी राष्ट्रिय जनमुक्ति पार्टी मात्रै हो ।
तनहुँको दमौलीमा साउन २८ गते पनि प्रशिक्षण जारी रहने छ । प्रशिक्षणको दोस्रो दिन नेतृत्व विकास र संगठन बिस्तारको विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ । जिल्लाका अगुवा कार्यकर्ताहरुलाई सुनारी र लुम्बिनी राज्य परिषद सचिव तिलबहादुर झेंडीले प्रशिक्षण दिएका थिए ।
जनजातिको आफ्नै पार्टी छ, नयाँ खोल्नु पर्दैन’
Read Time:1 Minute, 21 Second
