हुम तमु, पोखरा, २७ साउन, बाग्लुङ–पोखरा मगर समाज पोखराको छैठौं अधिवेशनले आगामी दुइवर्षका लागि पुनः भिमबहादु श्रीस मगरको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरेको छ । रामबजार मगर संघ इकाईको सभाहमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा मेखबहादुर छन्त्याल, सचिवमा कृष्णकुमारी श्रीस मगर, सहसचिवमा नरबहादुर पुन, कोषाध्यक्षमा कृष्णा पुन, सहकोषाध्यक्षमा हिमबहादुर श्रीस चयन हुनुभएको छ । समितिको सदस्यहरुमा हिरा पुन, नरमाया पुन, राधा थापा, सुनिता राना, लक्ष्मी पुन, चन्द्रा थापा, चक्र थापा, मौसमी थापा, गजेन्द्र थापा, ओमबहादुर थापा, रुद्र श्रीसमगर, गोविन्द पुन मगर, फरेन्द्र थापा मगर, ओमजी मगर र दलबहादुर थापा चयन हुनुभएको छ ।
वार्षिकोत्सव तथा अधिवेशनको उद्घाटन गर्नुहुदै आदिवासी जनजाति उत्थान प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापामगरले राज्यले गरेका विभेदका विरुद्ध आदिवासीहरुको संगठित संघर्ष आवाश्यक रहेको बताउनु भयो । उपाध्यक्ष थापामगरले राज्यका कारण आदिवासी जनजातिका मौलिक भाषा, कला, सँस्कृति, संस्कार लोप हुदै गएको आरोप लगाउनु हुदै अधिकार प्राप्ती आन्दोलनमा सम्पुर्ण मगर समुदायलाई एकजुट हुन आग्रह गर्नुभयो । प्रमुख अतिथी थापामगरले नयाँ नेपाल निर्माणका लागि मुलुक अग्रगमन तर्फ लम्कनु पर्नेमा राजनीतिक दलका नेताहरुका कारण मुलुक प्रतिगमन तर्फ उन्मुख भएको आरोप लगाउनुभयो ।
कार्यक्रममा ८० वर्ष नाघेका १३ जना जेष्ठ नागरिक, यसवर्ष एसएलसी उतिर्ण गरेका १५ जना समाजका विद्यार्थी र मगर समुदायको उत्थानका लागि विशेष योगदान पुर्याएको भन्दै आदिवासी जनजाति उत्थान प्रतिष्ठानका उपाध्यक्ष तथा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष झकबहादुर थापा, लोकगायिका स्मृति पुनलाई सम्मान पत्र, खादा सहित सम्मान गरिएको थियो । समाजका अध्यक्ष भिमबहादुर श्रीस मगरको अध्यक्षतामा भएको अधिवेशनमा समाजका सचिव कृष्णकुमारी श्रीसले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष नरबहादुर पुन मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती, नेपाल मगर संघका अध्यक्ष पुर्णबहादुर रानामगर, तामाङ घेदुङ कास्कीका अध्यक्ष दिपक तामाङ, अनिज कास्कीका अध्यक्ष हुमबहादुर गुरुङ, भुजेल सेवा समिति कास्कीका सचिव मनबहादुर भुजेल, ह्योल्मो समाजका प्रेम ह्योल्मो, लक्ष्मीटोल विकास संस्थाका अध्यक्ष क्याप्टेन विरबहादुर गुरुङ, रामबजार मगर संघ इकाइका भुपू उपाध्यक्ष क्याप्टेन विरबहादुर राना, वाग्लुङ समाजका सुयसप्रसाद श्रेष्ठ, समाज उपाध्यक्ष क्याप्टेन सकबहादुर पुन लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा समाजका कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुति गरेका थिए ।
