संघीयता सहितको संविधानबाट मात्र आदिवासी जनजातिको अधिकार सुनिश्चित हुन्छ : प्रधानमन्त्री डा. भट्टराई

Read Time:1 Minute, 12 Second

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्नको लागि निर्वाचित संविधानसभाबाटै संघीयता सहितको संविधान जारी गर्नु पर्ने बताएका छन् । १८ औ विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा नेपाल आदिवासी जनजाति महासंघद्धारा आयोजित सभालाई सम्वोधन गदै उत्पीडित वर्गको अधिकार सुनिश्चितताको लागि अगामी दिनमा निर्वाचित संविधानसभा आवश्यक रहेको औँल्याए । राजनीतिक सहमति नहुदाँ सम्म व्यक्ति फेदैमा समस्या समाधान नहुने र पद्बाट अहिले नै नहट्ने पनि बताए । जनआन्दोलन, जनयुद्ध मधेश आन्दोलन अनि जनजाति आन्दोलनको मर्म संघीयता सहितको संविधान भएकाले त्यस भन्दा पछि नहट्न पनि आग्रह गरे । एकात्मक सोच भएका दलको कारण जेठ १४ मा संविधानसभाको अवसान हुन पुगेको उनले आरोप लगाए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %