सहमतिका साथ राजनीति अगाडि बढ्न नसक्दा र राजनीतिक जटिलता बढ्दै गएको र अस्थिरता हटाउँनका लागि राष्ट्रपतिले संवैधानिक कदम चाल्नु पर्ने नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विछुक्क्षेले बताएका छन् । भक्तपुरमा आयोजिक एक कार्यक्रममा बोल्दै विछुक्क्षेले मुलुक संविधानसभा विघटन पछि अस्थिरता तर्फ धकेलिएकाले त्यसबाट मुलुकलाई पार लगाउँन राष्ट्रपतिले उपयुक्त कदम चाल्नु पर्नेमा जोड दिए ।
राष्ट्रपतिले संवैधानिक कदम चाल्न आवश्यक छ : नारायण मान विछुक्क्षे
Read Time:44 Second
